गुरुकुलमा कप्तान छनोट निर्वाचनको लागि ३ जनाको उम्मेद्धारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ बैशाख । गुरुकुल एकेडेमी घोराहीमा विद्यालय कप्तान छनोटको लागि निर्वाचन हुने भएको छ । गुरुकुल एकेडेमीले हरेक बर्ष निर्वाचन मार्फत विद्यालयको लागि कप्तान छनोट गर्दै आएको छ । सोहि अनुसार २०८१ सालको कप्तानको लागि यहि बैशाख ३० गते आइतवार निर्वाचन हुन लागेको हो ।

निर्वाचनको लागि विद्यालयका ३ जना विद्यार्थिहरुले उम्मेद्धारी समेत दर्ता गरीसकेको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख तथा निर्वाचन अधिकृत भुगोल कँवर मगरले जानकारी दिनुभयो । विद्यार्थिहरु कुन्दन केसि , रुपम पौडेल र प्रज्ञा अधिकारीले विद्यालय कप्तान र गौरी पोख्रेल , प्रक्षित खड्का , यासु बुढाथोकि र स्वस्तिका ढकालले उप कप्तानको लागि उम्मेद्धारी दर्ता गनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी सदन कप्तानको लागि टोप्याज सदनमा अनुभव पान्डे , परी महरा इमरल्ड सदनको लागि प्रिगेन्द्र बस्नेत , सागर रोका र मोहित बस्नेत सफाएर सदनका लागि सहज बिएम र क्रितज्ञा अधिकारी यसैगरी रुवि सदनका लागि आकर्षण मल्लले उम्मेद्धारी दता गराउनुभएको छ । उनिहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरीएको अधिकृत मगरले जानकारी दिनुभयो । उम्मेद्धारहरुको प्रचार प्रसारको काम शुक्रवार दिउसो १२ बजे सम्म हुने छ भने त्यसपछि मौनअवधि सुरु हुने अधिकृतले जानकारी दिनुभयो ।

मतदान बैशाख ३० गत दिउसो १२ बजे देखि सुरु हुने छ । उँहाका अनुसार उम्मेद्धारहरुले आ–आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरी चुनाव प्रचार प्रसारमा जुटिसकेका छन । घोषणा पत्रमा सम्पुर्ण विद्यार्थिहरुलाई लाई समेटेर काम गर्ने , विद्यार्थिहरुका बिभिन्न खालका मुद्धा सम्बन्धित निकायमा पु¥याउने र समस्या समाधानको लागि पहल गर्नेकुराहरु समेटिएका गुरुकुल एकेडेमीका आइएसए संयोजक तथा मतदान अधिकृत इन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उँहाले कप्तानको लागि यति ठुलो झन्जट किन गर्न लाग्नुभएको भन्ने पत्रकारको प्रश्नमा यो एउटा निर्वाचन मात्र नभएर विद्यालयमा अध्ययणरत विद्यार्थिहरुलाई प्रतक्ष्य निर्वाचन प्रणालि कसरी हुन्छ र के गर्नु पर्छ भन्ने कुराको जानकारी गराउन पनि निर्वाचन गर्न लागिएको बताउनुभयो । विद्यालयले समग्र नेपालको सामाजित र राजतिक बिषयमा जानकारी गराउन हरेक बर्ष निर्वाचन तथा नमुना संसद कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad