हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक बस्ने निर्णय

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ बैशाख । लुम्बिनी प्रदेश सरकारले कामको समीक्षा गर्दै आगामी योजना बनाउन हरेक साता आइतबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । चैत २४ गते मुख्यमन्त्रीमा नियुक्त भएर २५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री जोखबहादुर महराले पाँच पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गरे ।

चैत २६ गते पहिलो बैठकबाट सरकारको प्रवक्तामा बिनाविभागीय मन्त्री रहेका दीपेन्द्रकुमार पुनमगरलाई सरकारको प्रवक्ता तोक्दै राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पतालालाई विशेषज्ञ चिकित्सक सहितको अस्पतालमा विकास गर्ने निर्णय गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार पाँचौ बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीलाई नयाँ प्रवक्तामा जिम्मेवारी तोके । यसअघिका प्रवक्ता पुनलाई हाल स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी रहेको छ । वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकबाट महराले ७ जना बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

यसैगरी बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय गरेको छ । प्रदेश सरकार स्थापनादेखि नै बुटवलस्थित राजस्व अनुसन्धानको कार्यालयको भवनमा मासिक दुई लाख रुपैयाँ भाडा तिर्दै बसेको थियो । स्थायी राजधानी देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास बुटवलमै यथावत् थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसअघिका तीनवटा बैठकमा पनि समय अनुसारका निर्णय भएका छन् । ‘हरेक साताको आइतबार मन्त्रिपरिषद्को नियमित बैठक बस्छ,’ मुख्यमन्त्री जोखबहादुर महराले ईकान्तिपुरसँग भने, ‘साताभरि सरकारले गरेको कामको समीक्षा र भावी योजनाबारे छलफल गर्छौं । निर्णय गुर्नपर्ने एजेण्डामा बैठकले निर्णय गर्ने र अन्य विषयमा मन्त्रालयको काम, सरकारलाई प्रभावकारी बनाउनेलगायत समग्र कामको मूल्यांकन गर्छौं ।’

मन्त्रीहरुलाई नियमित मन्त्रालयमा बसेर दैनिक काम गर्न भनेको उनले बताए । जानैपर्ने ठाउँमा बाहेक अन्यत्र नगई मन्त्रालयमा बसेर काम गर्ने र प्रदेश सरकार एवं मन्त्रालयको काम कारबाहीलाई प्रभावकारी गराएर जनतालाई परिणाम देखिने काम गर्न सरकारले नयाँ रणनीति तथा योजना बनाएर अघि बढ्को उनले बताए । मन्त्रालयहरुमा विविध खर्च कम गर्दै सुशासन कायम गर्ने उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हरेक साता नियमित बैठक बस्दा कामको बारेमा मूल्यांकन गर्न सकिन्छ र कहींकमजोरी रहेमा सच्याएर अगाडि बढ्न सकिन्छ,’ मुख्यमन्त्री महराले भने, ‘धेरै बोलेरभन्दा काम गरेर देखाउँछौं ।’

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मुख्यमन्त्री महरा आफैले राखेका छन् । छिट्टै माओवादीबाट मन्त्री नियुक्त हुने मुख्यमन्त्री स्रोतले बतायो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad