प्रतिष्ठानको फार्मेसीमा औषधी अभाव

नवीन अभिलाषी
दाङ, साउन १२ । साझा स्वास्थ्य सेवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बिचको सम्झौता यही गएको असार मसान्तमा सकिएको थियो । सम्झौता सकिएसँगै अस्पतालको हाता भित्र लामो समयदेखी सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्ष प्रतिष्ठानले बन्द गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विक्रि कक्ष बन्द गरेपछि विरामीको लागि आबस्यक पर्ने केहि औषधिहरु बाहिरबाट किन्नुपर्ने बाध्यता भएको छ । प्रतिष्ठानले आफ्नै फार्मेसीबाट सेवा दिने बताउँदै प्रतिष्ठानले एक सूचना टाँस गरी अर्धसरकारी साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्षलाई बन्द गराएको हो । प्रतिष्ठानले ‘साझा स्वास्थ्य सेवा बन्द रहेको जानकारी गराउदछौ । औषधीजन्य सामाग्री चाहिएमा अस्पताल फार्मेसीमा सम्पर्क राख्नुहोला’ भन्ने सूचना टाँसेको छ । तत्कालिन जिल्ला अस्पतालदेखी नै सञ्चालनमा रहदै आएको साझालाई प्रतिष्ठानले दुई बर्ष पहिले अस्पताल गेटमा व्यवस्थापन गरेको थियो ।

तर अहिले फार्मेसीमा केहि औषधीको अभाव भएको पाईएको भन्दै औषधी किन्नको लागि बाहिर मेडिकलमा जानुपर्ने अबस्था आएको घोराही लखुवारका ३५ वर्षीय रामजनम चौधरीले बताउनुभयो । ‘हिजो बेलुका ईमरजेन्सीमा विरामी लिएर गएको थिएँ, बाहिरबाट किन्नुप¥यो ।’ चौधरीले औषधीको नाम थाहा नभएको बताउँदै भन्नुभयो, ‘कागजमा लेखेर दिनु भएको थियो, आफुले औषधीको नाम थाहा पाउँदैन, हस्पीटल रोडको एउटा मेडिकलबाट औषधि किनेको हुँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसको साथै दिर्घ रोगीहरुले नियमित रुपमा सेवन गर्ने औषधिहरुको अभाव रहेको अस्पताल फार्मेसीले बताएको छ । उच्च रक्तचाँप (प्रेसर)का विरामीहरुले खाने एम्टासिटी र मधुमेह (सुगर)का विरामीले प्रयोग गर्ने लिन्टर पाँच एमजीको औषधि नहुँदा विरामीहरुले बाहिरबाट किन्नुपर्ने बाध्यता रहेको छ । प्रतिष्ठानको औषधी पसलमा आबस्यक औषधीहरु नपाईने भएका कारण साझाको औषधी बिक्रि कक्षमा सेवाग्राहीहरु जाने गरेका थिए । अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको र साझा औषधि विक्रि कक्ष बन्द भएपछि विरामी फर्किने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अस्पतालको औषधि पसलमा औषधिहरु नै नपाईने गुनासो पछिल्लो समय झन बढेर गएको थियो । अस्पतालको फार्मेसी भन्दा साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्षमा औषधी किन्नेहरुको भिड बढि हुने गरेको थियो । अहिले पनि प्रतिष्ठानले सञ्चालन गरेको साझा औषधी कक्षमा सबै प्रकारका औषधीहरु नपाईने सेवाग्राहीको भनाई छ । यस्तो अबस्थामा सम्पुर्ण औषधि प्राप्त गर्न सकिने साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्षलाई बन्द गराउँदा उपचारमा समस्या देखिने हो की भन्ने चिन्ता बढेर गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर प्रतिष्ठानका फार्मेसी सहायक कृष्ण जोशीले केहिदिन भित्रमा औषधिको सहज आपुर्ती हुने बताउनु भएको छ । अहिले पनि उपचारका लागि आबस्यक पर्ने अत्यावस्यक सम्पुर्ण औषधिहरु रहेको बताउँदै औषधिको अभाव नरहेको बताउनुभयो । ईमरजेन्सी औषधि पर्याप्त मात्रामा रहेको र नर्मल औषधि मध्य दिर्घ रोगीहरुले खाने औषधि मात्रात्मक रुपमा भित्राउने गरेको उहाँले बताउनुभयो । तर केहि दिन भित्रमा सम्पुर्ण औषधि आउने जोशीको भनाई छ ।

२०७३ को अन्तिममा तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले सरकारी निर्णय अनुसार आफ्नै फार्मेसी सुरु गरेको थियो । त्यसको लागि सरकारले २० लाख रुपैया बजेट विनियोजन गरेको थियो । अस्पतालले सुरु गरेको आफ्नै फार्मेसीमा अपर्याप्त औषधिहरु भएपछि अधिकांश विरामीहरुले साझा औषधि विक्रि कक्षबाट औषधि किन्दै आएका थिए । प्रतिष्ठानले अब आफ्नै औषधि पसललाई प्रभावकारी बनाउने बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *