दाङमा वर्षेनी सवारी दुर्घटना बढ्दो: वितेको बर्षमा एक सय ४ जनाको मृत्यु

 दाङ, ५ साउन । दाङमा बर्षेनी सवारी साधन दुर्घटना बढ्दै जाँदा मानविन क्षति पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको एक बर्षमा एक सय ४ जनाको सवारी दुर्घटनामा परि मृत्युभएको छ । वितेको आर्थिक बर्ष २०७५÷७६ मा २ सय ५१ वटा साना ठूला सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु, २ सय ३३ जना गम्भिर घाईते र एक सय ९० जना सामान्य घाईते भएका छन् ।
दुर्घटनामा ६७ जना पुरुष, १९ जना महिला, ७ बालक र २ बालिकाको मृत्युभएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा २२ जना चालककै मृत्युभएको छ भने ८२ जना सर्वसाधारण यात्रुको मृत्युभएको ट्राफिकको दुर्घटना तथ्यांक शाखाका जवान लालबहादुर देउवाले जानकारी दिनु भयो । दैनिक जसो हुने दुर्घटनाको कारण तिब्र गति भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
तिब्र गतिमा रहेका गाडिहरु अनियन्त्रीत भएर ६७ वटा दुर्घटना भएका छन् । त्यसैगरी, चालकको लापर्वाहीले १८, मादक पदार्थ सेवन गरी ५, यान्त्रिक गडबढीले ५, यात्रुको गल्ती र सडकको अबस्थाका कारण तीन तीन वटा सवारीका साधन दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
दाङमा आर्थिक बर्ष २०७३÷७४ मा १ सय ७२ वटा सवारीका साधन दुर्घटना हुदा ७७ जनाको मृत्युभएको थियो भने आर्थिक बर्ष २०७४÷७५ मा २ सय २४ वटा सवारी दुर्घटना हुदा ७९ जनाको अकालमै मृत्युभएको थियो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *