सवारी अनुमतिपत्रको प्रयोगात्मक परिक्षामा सिसि क्यामरा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ५ साउन । यातायात व्यवस्था कार्यालय दाङले सवारी साधन अनुमतिपत्रको प्रयोगात्मक परिक्षा हुने स्थानमा सिसिक्यामेरा जडान गरेको छ । कार्यालयले गत असार १ गतेदेखि तुलसीपुर ६ मा रहेको सवारीसाधन अनुमतिपत्रको प्रयोगात्मक परिक्षा हुने स्थानमा सिसिक्यामेरा जडान गरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुमतिपत्रको प्रयोगात्मक परिक्षालाई चुस्त, दुरुस्त तथा मर्यादित बनाउनका लागि सिसिक्यामेरा जडान गरिएको उनले बताए । विभिन्न समयमा जन गुनासो र अख्तियारमा समेत उजुरी परेपछि नजितालाई पारदर्शी बनाउन सिसिक्यामेरा जडान गरेको उनले बताए । परिक्षा दिने स्थानमा ५ वटा सिसि क्यामरा जडान गरिएको र त्यही क्यामेराबाट निगरानी गरिदै आएको समेत उनको भनाइ छ । करिब डेढलाख लगानीमा क्यामेरा जडान भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रयोगात्मक परिक्षामा सिसि क्यामरा जडान गर्ने यातायात व्यवस्था कार्यालय तुलसीपुर प्रदेशकै पहिलो कार्यालय रहेको समेत प्रमुख ढकालले बताए । उनले सिसि क्यामेरा जडान भएपछि आफूहरूलाई समेत फाइदा भएको जानकारी दिए ।

उनले भने, ‘कसैले परिणाम चित्त नबुझेमा सिसिक्यामेराको भिडियो हेरेर के कस्तो रहेछ भन्ने थाहाँ पाउन सकिन्छ ।’ तर प्रयोगात्मक परिक्षा दिने स्थानमा पर्खाल नहुँदा सिसिक्यामेराको सुरक्षामा चुनौति देखिएको कार्यालयका सुब्वा लेटरबहादुर अधिकारीले बताए । चारैतिर खुल्ला ठाउँ भएको कारण कसैले तोडफोड गरि दिन्छन कि भन्ने डर त्यहाँका कर्मचारीलाई लाग्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसको कारण कार्यालय प्रयोगात्मक परिक्षा भरी सिसि क्यामरालाई बाहिर राखे पनि परिक्षा सकिए पछि अफिसमा राख्ने गरेको बताए । त्यसैगरी विगत एक वर्षअघि कार्यालयमा समेत सिसिक्यामेरा जडान गरिएको उनले बताए । कार्यालयमा सिसिक्यामेरा जडान गरिएसँगै बिचौलिया प्रवेशमा कमी आएको समेत कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *