आधुनिक उपकरण प्रयोग गर्दै  दाङका किसान

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा

दाङ,५ साउन | तुलसीपुर २ स्थित दर्पण कृषि सहकारी संस्थासँग अहिले खेत जोत्ने ट्याक्टर, गहुँ दाउने थ्रेसर, कल्टिभेटर, रोटाभेटर, विउ छर्ने झोला छ । सहकारीमा भएका ती उपकरण निश्चित रकम तिरेर गाउँभरीका किसानले उपयोग गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहकारी संस्थाका अध्यक्ष भीमबहादुर वलीका अनुसार सहकारीले जोत्ने ट्याक्टरलाई प्रति घण्टा १४ र थ्रेसरसँग १८ सय रुपैँया लिने गरिएको छ । तर पनि किसानहरुको माग धेरै हुदा धान्न मुस्किल छ । ‘यति धेरै माग छ कि जोत्ने ट्याक्टर पाउन हप्तादिन नै कुर्नुपर्छ ।’ उनी भन्छन् ‘गाउँमा धेरै माग आयो अव सहकारीलाई अर्को ट्याक्टरको पनि आवश्यकता परेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तरगत तोरी जोन कार्यान्वय इकाई दाङको अनुदानमा उनीहरुले सहकारीको नाममा उक्त उपकरण खरिद गरेका हुन् । रोपाईको समयमा ट्याक्टरको फुर्सद हुदैँन । गहुँ, तोरी दाउने समयमा थ्रेसरको माग ह्वात्तै बढ्छ । अर्थात सबै किसानहरु अव परम्परागत होइन यन्त्रको प्रयोग गरेर खेतिपाती गर्न थालेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानियवासी गोपालप्रसाद वली ट्याक्टरको पालो नै नपाउदाँ हैरानी वेहोरेको सुनाउछन् । ट्याक्टरलाई फुर्सद नहुदाँ आफुहरुलाई समस्या भएको उनको भनाई छ । ‘गाउँमा गोरु छैनन । सबैले ट्याक्टरको प्रयोग गर्न थाले तर पालो आउदैन ।’

शान्ती नगर ४ जुम्लेपानीमा रहेको साउनेपानी कृषि सहकारी संस्थाले अहिले तोरीको ब्लक क्षेत्र संचालन गरिरहेको छ । संस्थाका अध्यक्ष गोमानबहादुर वलीका अनुसार संस्थासँग अहिले तोरीको विउ छान्ने ग्रेडिङ मेसिन, मकै रोप्ने सिडडिल, धान दाउने थ्रेसर, खेत जोत्ने हाईड्रो मेसिन लगायतका सामाग्री छन् । मौसम अनुसार ती सामाग्रीको उपयोग गर्न किसानहरु हानथाप नै गर्ने गरेका छन् । गत बर्ष देखि तोरीको उन्नत विउ उत्पादन गरिरहेको उक्त सहकारीले १५० विगाहा क्षेत्रफलमा तोरीको विउ उत्पादन गरिरहेको छ । जसमा आर्थिक बर्ष २०७५÷७६मा करिव ५० टन तोरीको विरु उत्पादन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १मा रहेको प्रगतिशिल कृषि सहकारी संस्थासँग पनि अहिले पावर टे«लर छ । अन्य विभिन्न दातृ निकायको सहयोगमा सहकारीमा अन्य आधुनिक उपकरण पनि राखिएको छ । भने त्यसलाई किसानले बढी भन्दा बढी प्रयोग पनि गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषिलाई आधुनिकिकरण गर्ने कार्यक्रम अन्तरगत तोरी जोन इकाईले अहिले पश्चिम दाङका केही सहकारी संस्थालाई आधुनिक उपकरणमा अनुदान दिएको छ । तोरी जोनमा आवद्ध १८ वटा कृषि सहकारी मध्य धेरैसँग अहिले कृषिलाई सहज बनाउन यान्त्रीक उपकरण छन् । र तीनको उपयोग पनि बढ्दो छ ।

तोरी जोन इकाई दाङका बरिष्ठ कृषि विकास अधिकृत इन्द्रबहादुर वली तोरी जोन कार्यक्रममा सहभागि कृषि सहकारी संस्थालाई ‘कस्टम हाइरिङ’ संचालन गर्ने कार्यक्रम अनुरुप आर्थिक रुपमा सक्षम सहकारीहरुलाई कृषिमा उपयोग हुने यान्त्रीक मेसिन वितरण गरहेको जानकारी दिए । उनका अनुसार इकाईले व्यक्तिलाई नभएर सामुहिक रुपमा सहकारीलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा यान्त्रिक सामाग्री वितरण गरिरहेको छ । ‘कृषिलाई यान्त्रीकिकरण गर्ने र उत्पादन बढाउने तयारीमा लागेको छौ ।’ उनले भने ‘आगामी बर्ष पनि यान्त्रिक सामाग्री वितरणको काम हुनेछ ।’ थोरै लगानीमा धेरै उत्पादन गर्ने हेतुले यान्त्रिक सामाग्री वितरणलाई प्राथमिकतामा राखेको उनले बताए । अव किसानहरुले कृषिलाई यान्त्रिकिरण गर्दै लगेको हुदाँ उत्पादनमा बृद्धि हुने उनको भनाई छ ।

तोरीजोन इकाई दाङका सुचना अधिकृत तिलकबहादुर केसीका अनुसार इकाईले २०७५÷०७६मा किसानलाई अनुदानमा यान्त्रीक सामाग्री वितरणसँगै पानी तान्ने पम्प सेट, भकारो सुधार, सिँचाई कुलोको निर्माण पनि गरेको छ । त्यस्तै उन्नत तोरीका विउ उत्पादनको लागि विउ उत्पादनको ब्लक संचालन, तोरी भण्डारणको कार्यक्रम पनि संचालन गरेको छ ।

तोरी जोन इकाईका सुचना अधिकृत केसीका अनुसार इकाईले ‘कस्टम हाइरिङ सेन्टर’ नाम दिएर ५० प्रतिशत अनुदानमा दर्पण कृषि सहकारी संस्था तुलसीपुर २ लाई टेक्टर, रोटाभेटर, कल्टीभेटर, थे्रसर, विउ छर्ने ५ झोला सहयोग गरेको छ । यस्तै तुलसीपुर १मा रहेको प्रगतिशिल कृषि सहकारी संस्थालाई पावर टे«लेल सहयोग गरेको छ ।

तोरी जोन ईकाई कै ‘पोस्ट हार्वेश सेन्टर’ कार्यक्रम अन्तरगत ८५ प्रतिशत अनुदानमा साउने पानी कृषि सहकारी संस्थालाई पोस्ट हार्वे ग्रेडिक मेसिन दिएको भने भने रानी वन कृषि सहकारी संस्था द्र्रगिशरण १ हेकुलीलाई विउ भण्डार गृह निर्माणको लागि सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *