सरकारको निर्णय विरुद्ध दाङमा व्यवसायीहरु आन्दोलित

दाङ, साउन ५ । नेपाल सरकारले साउन १ गतेबाट भिसिटिएस लागु गर्ने निर्णय गरेसँगै यहाँका साना व्यवसायीहरुले आन्दोलन थालेका छन् । आफुहरु मारमा परेको, चर्को कर तिर्नुपरेको, तत्काल अनलाईन र वैंकिङ सिस्टममा जान नसक्ने भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आन्दोलन कै कार्यक्रम अन्तरगत आज जिल्लाका सबै उद्योग बाणिज्य संघले जिल्ला प्रसासन कार्यालय मार्फत भिसिटिएसको खारेजीको माग गर्र्दै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रसासन पुगेको टोलीले जनताको आधारभुत आवश्यकतासँग जोडिएको खाद्यवस्तुमा समेत कर लगाइएकोप्रति असन्तुष्टि जनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै कामदारलाई बैंक मार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने, सबै कामदार तथा कर्मचारीको सामाजिक सुरक्षा योगदान रकम सामाजिक सुरक्षाकोषमा पठाउनुपर्ने जस्ता प्रावधान तत्काल लागु गर्न नसकिने उनीहरुको भनाई थियो । उनीहरुले सरकारले ल्याएको नयाँ प्रावधानलाई तत्काल खारेज गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्रीको कार्यालयलाई माग पत्र पठाएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *