किसानका समस्या उस्तै


टेकबहादुर पुन

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी,असार १७ | लमही नगरपालिका वडा नम्बर ८ अन्तर्गत धनपुरूवा गाउँका प्राय बासिन्दा खेतीपाति मै निर्भर छन् । त्यहाँ खेतियोग्य जमिन पनि प्रसस्तै छ । तर, खेतमा सिचाईको लागि कुलो नहुँदा त्यहाँका किसानले बर्सेनी समस्या झेल्दै आईरहेका छन् । कुलो नभए पनि त्यहाका किसानले आफै पाईप खरिद गरेर सिचाई गर्छन् । आर्थिक अवस्था नाजुक भएका किसानले त पाईप पनि मागेरै काम चलाउनु पर्छ ।


भुमिगत जलस्रोत विकास डिभिजन कार्यालय लगायत अन्य सँस्था तथा कार्यालयको सहयोगले खेतका विभिन्न स्थानमा डिप बोरिङ्ग धसेको भएपनि कुनै चल्छन त कुनै बिग्रिएर थन्किएका छन् । चालू अवस्थामा रहेको बोरिङ्गबाटै पालैपालो पानी सिचाई गर्ने गरेको र खेतियोग्य जमिन धेरै भएकाले सबैलाई पालो लगाउँदा थप समस्या हुने स्थानिय किसान जगतराम चौधरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“आफैले खरिद गरेको मोटर पनि लगातार चल्दा बिग्रन्छ, तैमाथी बिद्युतको भोल्टेज पनि पुग्दैन चौधरीले भने ‘यो हाम्रो समस्या कसले बुझिदिने ?’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिचाई कै अभावका कारण बर्सेनी उत्पादनमा कमी हुने त्यहाँका स्थानिय बताउछन् । संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार सबैले कृषिमा उल्लेख्य लगानी गरेको खबर सुनिए पनि त्यसको महसुस समेत गर्न नपाएको धन पुरूवाका किसानहरूको गुनासो छ ।
आफ्नो समस्या सुनाउनको लागि आफुहरुले असार १५मा धान दिवस मनाएको र स्थानिय सरकारका प्रमुख उप्रमुखलाई बोलाएको स्थानिय किसान शेरबहादुर चौधरीले बताए ।

‘खेतिपातिको लागि बीउबिजन, मल, सिँचाईको आवश्यक पर्छ तर, यहाँ ती सबैको बर्सेनी अभाव हुन्छ ।’ शेरबहादुरले भने ‘त्यसैले पनि स्थानिय प्रमुखहरूलाई सचेत गराउन हामीले यहाँ कार्यक्रमको आयोजना गरेका थियौँँ ।’ आफुले किसानको समस्या सुनाईसके पछि स्थानिय सरकारसँग समाधानको अपेक्षा पनि उनले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरपालिका द्धारा कृषकलाई अनुदान
यता लमही नगरपालिका कृषी शाखाले भने नगर अन्तर्गतका कृषकहरूलाई प्रोत्साहनको लागि व्यवसायिक कृषी तर्फ जोड दिदै विभिन्न अनुदान रकम दिएको बताएको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा लमही नगरपालिका कृषि शाखाले वडा नम्बर १ देखि ९ नम्बर सम्मका कृषकलाई लक्षित गरेर विभिन्न कृषी कार्यक्रम गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका वडा नम्वर ५ कोलहीमा माछा पोखरी निर्माणको लागि जलाशय निर्माणको लागि अनुदान उपलब्ध गराएको कृषी शाखा प्रमुख अमर चौधरीले जानकारी दिए । कोलहीमा मात्र २२ कठ्ठामा फैलिएको ३ पोखरी निर्माण गरिएको उनको भनाई छ ।

त्यस्तै शिवशक्ती माछा पालन लमही १ नर्तिमा रहेको ५० कठ्ठामा क्षेत्रफलमा फैलिएको माछा पोखरीमा अनुदान, माछा पालन कै लागि लमही ३ फल्कापुरमा पनि ८ कठ्ठामा नयाँ पोखरी नर्माणको लागि अनुदान दिएको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खेतीपाती गर्ने कृषकलाई लक्षित गरी सिँचाईको लागि कुनै कार्यक्रम नभए पनि बगर खेतिको लागि भने अनुदान दिएको कृषी शाखाकी सहायक प्रमुख गँगा चौधरीले बताईन । यस्तै नगरपालिकाले बेमौसमि तरकारी खेतिको लागि प्लास्टिक टनेल, च्याउ खेतिको लागि पनि अनुदान दिएको उनको भनाई छ ।

मौसम अनुसार उन्नत बीउ बिजन, तोरी, गहुँ, धान, मकै, आलुको विउहरु वितरण गरेको कृषि शाखाले जनाएको छ ।  यस्तै नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि कृषि यान्त्रिकिकरण, दुर्गम तथा पहाडी लक्षित विशेष कार्यक्रम, प्राङ्गारिक तथा वातावरण मैत्री कार्यक्रम, व्यावसमयीक खेतीको लागि जग्गालाई लिजको अनुदान अगाडी सारेको छ ।

यस्तै खेतीमा जोखिम हटाउन ५० प्रतिसत अनुदान बालिको बिमा कार्यक्रम पनि ल्याएको छ । यस्तै किसानलाई फलफुल आँप, लिच्ची, अमला, वितरण गर्ने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *