राप्तीमा गाउँपालिाकामा स्वरोजगार कार्यक्रम सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, असार  ४ । दाङका पुर्व दक्षिणमा पर्ने राप्ती गाउँपालिाकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले रोजगार कार्यक्रम अन्तरगत राप्तीमा बाटो ट्याक खोल्ने, नयाँ नाला खन्ने, धार्मीक तथा पर्यटकीय स्थलमा ढुङ्गा विछाउने, पीकनिक स्पट बनाउने विरुवा रोप्ने, पेन्ट गर्ने लगायतका काम गर्ने र गराउने योजना रहेको गाउँपालिका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दैनिक ५ सय १७ कर बाहेक रकम काम वापत पाउने गरि नेपाल सरकारले रकम विनियोजन गरेको कारण एक्कासी असार लागेपछि बजेट आउदा काम गर्न गराउन असहज भए पनि वडाहरुका जनप्रतिनिधि, कर्मचारीहरुको छिटो छरितो सहयोगले प्रथम चरणको रोजगार कार्यक्रमको काम समयमै सकीने प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताए ।


राप्ती गाउँपालिकामामा दुई हजार चार सय बढीले रोजगार प्राप्तको लागि फारम भरेका थिए । मंगलवार बसेको कार्यपालिका तथा वडा हरुको बैठकले नयाँ बाटोका ट्याक खोल्ने, बाटो विस्तार गर्ने, नाली खन्ने जस्ता काममा लगाईने निर्णय गरे बमोजिम बेरोजगारहरुलाई रोजगार दिईएको र बुधवार देखी हरेक वडामा काम सुरुगरिएको रोजगार संयोजक मुमाराम भुसालले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


वडा नं ३ मा बाटो स्तरबृद्धि गरीने, वडा नं ९मा चिसापानी, तल्लो घोसखोला वाटोको ९ सय ३० मीटर नाली खनीने, वडा नं ५ मा भुल्केको पर्यटकीय स्थलमा ढुङ्गा विछाउने, पीकपीक स्पट बनाउने, वडा नं ७ मा बृक्षारोपण गरिने लगायतका वडा गत कार्यक्रम रोजगार कार्यक्रम अन्तरगत सुरु गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *