बैंकिङ जागिरेको बारीमा पुग्दा…

नवीन अभिलाषी
दाङ, असार ४ । रोजगारका लागि हजारौँ युवाहरुले देश छोड्दै गर्दा केहि यस्ता युवाहरु पनि छन् जस्ले देश भित्रै सम्भावना खोज्दै छन् । कृषिबाटै समृद्धिको नारा लगाईरहेको अहिलेको सरकारलाई स्थानीयस्तरबाटै उद्यम गरेर उत्पादनमा वृद्धि गर्न सहयोग गर्नेहरुको समेत कमी छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको ब्यस्त घोराही बजारदेखि दूई तीन किलोमिटरकै दुरीमा रहेको वडा नं. १८ स्थित मसिना गाउँ सिंगो तरकारी खेतिको लागि चर्चित छ । सिंगो गाउँ नै कृषिमा होमिएको बेला स्थानीय सन्तोष अर्याल पनि कृषिबाट टाढा रहन सकेनन् ।

‘मसिना तरकारीको लागि पकेट क्षेत्र हो, अध्ययनका लागि आउने मान्छेले अन्तिममा आएर राम्रो ठाउँमा आईएछ भन्छन् ।’ सन्तोषले भन्नुभयो, ‘कहिलेदेखि कृषिमा हात हालियो भन्ने एकिन मिति छैन, किनकी मेरो बुवा कृषक हो, मैले व्यवस्थापन विषय अध्ययन गरेर जागिर खाएर पनि कृषि पेशालाई छोड्न सकेको छैन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैंकको जागिर गर्दै आएका सन्तोषको बारीमा अहिले तरकारी खेति छ । बोडी र घिरौँलाहरु रहर लाग्ने थरी लटरम्म फलेका छन् । मौसम अनुसारका तरकारी खेति हुने मसिनाका स्थानीय बासिन्दा हुन् । उनले आफ्नो जग्गामा विभिन्न मौसम अनुसार तरकारी खेति गर्दै आएको बताउनु हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मासिक लाखौँ रुपैयाको कारोबार हुन्छ । कहिले मौसममा समेत राम्रो मुल्य जाँदैन । तर कहिलेकाही राम्रो मुल्य जाँदा राम्रै आम्दानी पनि हुन्छ । ‘मासिक एक कट्टा जग्गामा करिव ४० देखि ५० हजार रुपैयाँको कारोबार हुन्छ ।’ सन्तोषले भन्नुभयो, ‘राम्रो समय आयो भने ७०÷८० रुपैयाको भाउ पनि पाउछ, हैन भने ४ रुपैयामा पनि बाहिर दिनु पर्ने बाध्यता आउन सक्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन वर्षदेखि बैंकको जागिर गर्दै आएका सन्तोषको विहान बेलुका र विदाको समयमा आफुनै फार्ममा वित्ने गर्छ । ‘यहि कृषि, यहि खेतिपातीले हाम्रो परिवारको विकास भएको हो, गर्ने हो भने अन्य क्षेत्रबाट पनि आम्दानी गर्न सकिन्थ्यो होला तर अहिलेसम्म यहि कृषिले हामीलाई यहाँसम्म पु¥याएको छ ।’ सन्तोषले भन्नुभयो, ‘अहिले म बैंकमा काम गर्छु, तर पनि कृषिलाई छोड्न सक्दैन ।’

कृषिमा धेरै सम्भावना भएको बताउने सन्तोषलाई बैंकको जागिर छोटो समयका लागि मात्र लाग्छ । कृषिले नै युवाहरुलाई आत्मविस्वासी र आत्मनिर्भर बनाउन सक्ने उहाँको भनाई छ । ‘जागिरबाट आम्दानी हुने भनेको त सिमित हो, तर कृषिबाट जति पनि कमाउन सकिन्छ ।’ सन्तोषको अनुभव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँघरमा खेल्दा खेल्दै कृषिमा दक्षता हासिल गरेका सन्तोषले औपचारिक शिक्षा भने व्यवस्थापन विषयमा लिएका छन् । त्यहि विषयसँग सम्बन्धित भएर अहिले लक्ष्मी बैंकमा जागिरे जीवन विताईरहेका सन्तोषले उद्यमबाट उनको कार्यालयका कर्मचारी, साथी र आफन्तहरु समेत प्रभावित छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *