किसानलाई अनुदानमा क्यारेट

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, २ असार | लमही नगरपालिकाले किसानहरुलाई अनुदानमा क्यारेट वितरण गरेको छ । लमही नगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लमही नगरपालिका कृषि विकास शाखाको तेस्रो चोमासिकमा बजार पहुँच वृद्धिको लागि लमही नगरपालिका अन्र्तगतका किसानहरुलाई सोमबार पचाँस प्रतिशत अनुदानमा क्यारेट वितरण गरिएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किसानहरुलाई लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले क्यारेट हस्तान्त्रण गर्नु भएको हो । लमही नगरपालिकाले किसानहरुको माग अनुसार २ सय ९८ वटा क्यारेट पचाँस प्रतिशत अनुदानमा किसानहरुलाई उपलब्ध गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

काम गर्न छिटो र छरितो हुने, बजारीकरणमा सहयोग पु¥याउने, गुणस्तर कायम हुने हुदा यसबाट किसानहरुले आर्थिक फाईदा लिन सकिने लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । यस्तै पचाँस प्रतिशत अनुदानमा क्यारेट पाउँदा किसानहरुले खुसि व्यक्त गरेका छन् । अनुदानमा क्यारेट लिन आएका किसानहरुको लमही नगरपालिकामा बाक्लो उपस्थिति थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *