जन्मदोष सम्बन्धि अभिमुखीकरण


दिप्तीशिखा चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण | जन्मदोष सम्बन्धिपालीका स्तरीय अभिमुखीकरण कार्यक्रम सोमबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स रेणु श्रेष्ठले जन्मदोषको परिचय, यसका कारणहरु र यस रोगका प्रकारहरुमा संरचनात्मक वा कार्यात्मक जन्मदोष, विकाशात्मक जन्मदोषका बारेमा जानकारी गराएकी थिईन् ।
जन्मदोष हुनुका कारणहरु, बच्चालाई जन्मदोष हुनबाट जोगाउन गर्भ मै हुदा अपनाउनुपर्ने सावधानी लगायतको बारेमा जानकारी गराएकी थिइन ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले यो विषयको कार्यक्रम गाउँपालिकाका लागि नौलो कार्यक्रम रहेको बताईन् । उनले गाउँघरमा यो रोगको शिकार धेरै जना भएको भन्दै यसलाई निर्मुल पार्न यस्तै अभिमुखीकरण कार्यक्रमको आवश्यक रहेको बताई । उनले गाउँतहमा बाहिर नआएका यस्ता प्रकारका रोगबाट बच्न अभिमुखीकरण र जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा स्वास्थ्यलाई प्राथमिक्तामा राखेर कार्यक्रम गर्न गर्न स्वास्थ्य शाखालाई आग्रह गरिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सो अवसरमा सहभागीहरुले दंगीशरणमा यो विषयको कार्यक्रमलाई हरेक वडामा लग्न जरुरी रहेको बताएका थिए । यस रोग बारे यहाँका धेरै जनता अनभिज्ञ रहेको भन्दै यो कार्यक्रमलाई अगाडी लैजानुपर्ने उनीहरुको भनाई रहेको थियो । अभिमुखीकरण कार्यक्रममा दंगिशरण गाउँपालिका क्षेत्रका स्वस्थ्य चौकीहरुका प्रमुखहरुको सभागिता रहेको थियो ।

स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीको अध्यक्षता तथा उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखाका उप –प्रमुख नेव बहादुर के.सी. ले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *