घोराही, असार २ । घोराहीमा द्वन्दपीडित महिलाहरूका लागि ३ दिने पैरवी तालिम शुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयाजना गरी सामाजीक विकास मन्त्रालय सामाजीक विकास महाशाखाको सहयोग तथा मानव कल्याण तथा वातावरण संरक्षक केन्द्रको आयोजनामा तालिमको थालनी गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य माया पोख्रेलको रहेको थियो भने कार्यक्रममा घोराही उपमहानगरपलिका वडा न. १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले क्षमता विकासका लागि यो तालिम अति उत्तम रहेको र क्षमतामा निखार ल्याउन र आफूलाई समाजमा स्थापित गर्नका लागी महिलाहरु आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो ।
३५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षकहरु श्रीमन न्यौपाने, लक्ष्मी आचार्य, प्रदीप मजगैंया, अनिता पोखरेल रहनु भएको छ । मानव कल्याण तथा वातावरण संरक्षक केन्द्रको उपाध्यक्ष राधा अधिकारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजीकरण अनिता पोख्रेलले गर्नु भएको थियो ।