राप्तीमा ५ औ चुरे संरक्षण दिवश


देउखुरी, | चुरे पर्वत संरक्षण गर्नु अति आवश्यक भएको हुदाँ चुरेको महत्व दर्शाउन सोमवार राप्ती गाउँपालिकामा चुरे संरक्षण दिवस मनाइएको छ ।
डिभिजन वन कार्यालय, नर्ति वन समन्वय समितिको आयोजनामा दिवस मनाइएको थियो । वन समुहकी अध्यक्ष द्रोपदा पौडेलको अध्यक्षता एवम राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शिक्षकद्धय किरण पोख्रेल र विक्रान्त ज्ञवालीले चुरेको महत्ववारे जानकारी गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘चुरेको माटो पानी बचाऔ तराई मधेश बचाऔ’ भन्ने मुल नारा सहित आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले विभिन्न नाममा चुरेको दोहन भैरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । वन महासंघका नवराज शर्मा, सहायक वन अधिकृत टेकन आचार्य, सिल्स नेपालका सतिश गौतमले चुरे संरक्षणको लागि स्थानिय नागरिक नै सचेत हुनुपर्ने बताए । उनीहरुले चुरे बचाउनको लागि स्थानियवासी जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले अवका दिनमा चुरे संरक्षणका लागि नेपाल सरकार तथा स्थानिय सरकारले विभिन्न योजना तथा निति नियम लागु गर्दै गरेको जानकारी गराउदै मनै देखी वन जंगल संरक्षणमा स्थानिय व्यक्ति लाग्नुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा राप्तीक्षेत्रका माध्यामीक विद्यालय स्तरिय वन संरक्षण तथा प्रकृति संम्वन्धि चित्रकला प्रतियोगीतामा सहभागी विद्यार्थीहरुलाई उत्कृष्टताको आधारमा नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।

वन संरक्षण तथा प्रकृति संम्वन्धि चित्रकला प्रतियोगीतामा आदर्श नमुना माध्यामीक विद्यालयका सौगात घर्ती प्रथम, मौरिघाट माध्यामीक विद्यालयका अनिल घर्ति द्धितिय र तृतियद्धय विद्यालय पब्लीक एजुकेशन एकेडेमी र ज्ञानोदय माध्यामीक विद्यालयकी क्रमश उषा सुवेदी र माया चौधरीलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण राप्ती सामुदायिक वन महासंघका अध्यक्ष हरि भुसालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *