न्यायिक समितिमा अधिकांश मुद्धा मिलापत्र


तुलसीपुर, २७ जेठ ।
तुलसीपुर उपमहानगरपालिकामा न्यायिक समितिको न्याय सम्पादन प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिमा चालुवर्षमा १२ वटा मुद्धा मिलापत्र गरेको छ भने २५ वटा मुद्धा मिलापत्रको क्रममा लगेको न्यायिक समिति संयोजक माया आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार न्यायिक समितिमा दर्ता भएका ९२ मुद्धा मध्ये २७ वटा मुद्धा रोक्का तथा आदेश जारी गरेको ,६६ वटा अध्ययनको क्रममा रहेको र २ वटा निर्णय भएका छन् ।

न्यायिक समितिले आलीधुरी, बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपंक्षी हराएको वा पाएको, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नावालक छोराछोरी, पति पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दिक्षा नदिएको लगायतका विवादहरु निरुपण गर्ने अधिकार छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *