किसान दैनिक २ घण्टा खेती गर्ने तरिका पढ्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, २६ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा किसानले पढ्दै आएको ब्यवशायीक साक्षरता कक्षा र नमुना तरकारि खेती परिक्षणको अवलोकन गरिएको छ । किसान २ परियोजना अन्तर्गत उन्नत कृषि केन्द्र कपुरकोट मार्फत सञ्चालन भएको कृषि कार्यक्रमको स्थानिय सरकार, साक्षरता कार्यक्रमको केन्द्रले आइतबार अवलोकन गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कपुरकोट २ साँरपानीमा गठन भएको नमुना जनजाती कृषक समूह ए र बी मा किसानले गरेको खेती र साक्षरता कक्षाको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले अवलोकन गर्दै आवश्यक ज्ञान, सिप र प्रविधि प्रयोग गर्दै ब्यवशायीक खेती गर्न आग्रह गरे । उनले ज्ञान र गंगाको अन्त्य कहिलै पनि नहुने कुरा उल्लेख गर्दै साक्षरता कक्षामा आएर किसानले पढेलेखेको देख्दा निकै खुसि भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ब्यवशायीक साक्षरता कार्यक्रमका निर्देशक कृष्ण प्रसाद न्यौपानेले सामान्य हरहिसाव र लेखपढ गर्न सक्ने किसानलाइ दुई महिना सम्मका लागी दैनिक दुई घण्टा कक्षा सञ्चालन हुने जनाए । यो कक्षा कृषि पेशामा रहेका वा लाग्न चाहनेलाइ निकै उपयोगि रहने जनाए ।

उन्नत कृषि केन्द्रले किसान २ परियोजना अन्तर्गत सल्यान, दाङ र रोल्पामा गरि ६४ वटा समूहमा पुगेको जनाएको छ । जस अनुसार अहिले १६ वटा समूहमा साक्षरता कक्षा सञ्चालन भइरहेको केन्द्रका सञ्चालक घनश्याम शर्माले जनाएका छन् । १ महिना सम्म कक्षामा पढिसकेका कपुरकोट १ सारपानीका किसानहरुले खेती गर्दा ध्यान दिनुपर्ने धेरै कुरा सिकेको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नमुना जनजाती किसान समूहका अध्यक्ष बालसिंह घर्तीले पहिले आफ्नै तरिकाले खेती गर्दै आएकोमा अहिले परियोजनाले कृषि प्राविधिकहरु खेतबारिमै खटाएको र खनजोत, ब्याड राख्ने, रोप्ने तथा खेती प्रविधिका सबै कुरा सिकाएकाले सजिलो भएको बताए । यस्तै अर्का किसान भूम बहादुर रानाले साक्षरता कक्षामा बजार माग अनुसार कसरि कृषिजन्य वस्तु उत्पादन गर्ने, रोग किराको कसरि विषादीको प्रयोग विना नियन्त्रण गर्ने, खेतीमा उन्नत प्रविधिको बारेमा सिक्ने गरिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अवलोकन, मुल्यांकन कार्यक्रममा कपुरकोट १ का वडाध्यक्ष बालाराम खड्का, किसान २ का क्षेत्रीय संयोजक रञ्जीत थापा, कषि विकास शाखा कपुरकोटकी कमला ओली, बजार प्राविधिक लक्ष्मण दनुवार लगाएतको सहभागीता थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *