(नेल्टा)को चौथो स्थापना दिवस : लमही आश्रममा रहेका २०४ पशुवस्तुलाई खोप

दाङ, जेठ २६ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले आफ्नो चौथो स्थापना दिवस मनाएको छ । संघले दाङको लमही नगरपालिका वडा नं. ३ मा रहेको स्वर्गद्धारी आश्रममा रहेको २०४ भन्दा बढि पशुवस्तुहरुलाई खोप दिएर आफ्नो स्थापना दिवस मनाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघले आश्रममा रहेका २ सय ४ भन्दा बढि पशुवस्तुहरुलाई एफ.एमडी खोप, परजिवी नियन्त्रण तथा भिटामिन र मिनरल औषधि वितरण गरेको छ । कार्यक्रममा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघमा आवद्ध सरकारी तथा नीजि प्राविधिकहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला कार्य समितिका अध्यक्ष मोहन केसीको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य निमबहादुर पुनको उपस्थितीमा भएको कार्यक्रममा पुनले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आश्रममा रहेका पशुहरुको स्वास्थ्य प्रभावकारी बनाउनका लागि संघले महत्वपुर्ण कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै कार्यक्रममा स्वर्गद्धारी महिमा प्रर्वद्धन समितिका संयोजक पदम रिजाललले आश्रममा भएका गाईलाई गौमाताको रुपमा संरक्षण गरेको र आश्रममा रहेका वस्तुको स्वास्थ्य तथा हेरचाहमा ध्यान दिएको भन्दै खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण संघस्थाका सचिव कृष्ण न्यौपानेले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *