पचास लाखको लगानीमा कन्य जातको च्याउ खेती

शिवु खनाल

Blog Post Ad

देउखुरी, ७ बैशाख | लमही नगरपालिका वडा नम्बर ७ सतवरीया निवासी पोखराज चौधरी र दोर्णबहादुर चौधरी अहिले मख्ख हुनुहुन्छ, मख्ख हुनुको कारण हो च्याउ खेतीबाट मनग्य आम्दानी स्रोत । दुईभाई चौधरीले अहिले स्थानिय कन्य र गोर्बे जातको च्याउको विउ लगाउँदै आउनु भएको छ । ५० लाखको लगानीबाट च्याउ खेतीको सुरुवात गरियो । दुईभाईको मेहनत अनुसार च्याउ पनि लटरम्म फलेको छ ।

Blog Post Ad

छाप्रो र बासँको अस्थाई प्रकृतिको टहरामा च्याउ खेती गरि रहनु भएको चौधरीका दुईभाई अस्थाई प्रकृतिको टहरामा धाईरहने च्याउ वृद्धि भएको देखेर मख्ख हुनुहुनछ । आफ्नै ढाई विगहा जग्गामा २८ वटा छाप्रो र बासँको अस्थाई प्रकृतिको टहरामा च्याउ खेती गरेको छौँ, चौधरीले भन्नुभयो, –बुवाको प्रेणाबाट च्याउ खेतीको सुरुवात गरियो । सुरुवाती चरण देखि अहिले च्याउ खेती गर्न लागेको चार वर्ष पुग्यो ।

दुईभाई चौधरीका अनुसार सुरुमा घरमा खानको लागि च्याउ उत्पादन गर्ने सोच बन्यो । बुवाको अनुसार च्याउ खेतीबाट राम्रो आम्दानी हुनु सल्लाहा शुझाव दिनुभयो, त्यसपछि यो व्यवसायिलाई निरन्तरर्ता दिने प्रेणा मिल्यो । अहिले च्याउ खेतीको सुरुवात गरेको पनि चारु वर्ष पुरा भयो । चौधरीका बुवा लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हुनुहुन्छ ।

चार वर्ष पहिले कसैले नखाने र बजार नपाएको च्याउ अहिले पछिल्लो समय यता बजारमा पु¥याउन भ्याइ नभ्याइ छ, चौधरीले भन्नुभयो, –हामीले मौसमी र बेमौसमी च्याउ खेती गर्दै आएका छौँ । बजारको माग अनुसार पु¥याउन गाह्रो छ । उत्पादनको लागि विउ डल्लमा हाल्यको ४० दिनमा च्याउ विक्रि गर्न सुरु हुन्छ । राम्रो संग सिँचाई भयो भने एउटा डल्लोमा छरेको विउले चार महिना सम्म च्याउ उत्पादन हुने चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *