विप्लव बन्दको आतंक : देशका विभिन्न स्थानमा बम विस्फोट

रुपन्देही । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ । बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको जनाइएको छ ।

Blog Post Ad

Blog Post Ad

जिल्लाको सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ ३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन ।

यस्तै यता भैरहवा बाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको बताइएको छ । कन्चन गाउँपालिका परिसरमासमेत बम फेला परेको र प्रहरीसहित डिस्पोजल टोलि त्यसतर्फ गएको छ ।

त्यस्तै रुपन्देहीको कोटीहवा नजिकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटिएको छ । एर आर्मीको टोली द्वारा सो बम डीस्पोज गरिएको बताइएको छ ।

यस्तै यता पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको बताइएको छ । विस्फोटले गाउँपालिका भवनको सबै सिसाहरु फुटेर क्षति पुगेको एक प्रतक्ष्यदर्शीले बताएको छन् ।

 

न्युज २४

Leave a Reply

Your email address will not be published. Required fields are marked *