धोका र पापले बुनेको प्रेम (मार्मिक कथा)

सानै देखि चञ्चल स्वभावकी सीमा जसको इमान्दारितामा खोट लगाउने कुनै ठाउँ थिएन । उमेर सँगै उनको शारीरिक बनावटमा पनि वृद्धि हुन थाल्छ, हेर्दा हेर्दै उनी जवान तथा सुन्दरताकी खानी हुन पुग्छिन । आफ्नै आँखा अगाडि छोरीलाई यसरी हर्लकै बढेको देखेर सीमाकी आमा अनि बुवालाई सीमाको बिहेको चिन्ता हुन थाल्छ । तर यता कलेजमा सीमाको आफू भन्दा एक कक्षा सिनियर पढ्ने गोपाल सँग हेरा हेर हुन थाल्छ ।

दिनहूं यसरी एकअर्का सँग नजर जुध्ने क्रममा एकदिन सीमा कलेजको गेट पुगेकी मात्र हुन्छीन की गोपाल सँग जम्का भेट हुन पुग्छ । सीमालाई के गरु कसो गरु हुन थाल्छ, त्यतिकैमा गोपालले गोजीमा हात हाल्दै एउटा कागजको टुक्रा सिमाको हातमा थमाईदिन्छ अनि केही नबोली अघि बढ्छ । सिमाको भँने मुटुको ढुकढुकी बढ्न थाल्छ अनि चारैतिर नजर दौडाउन थाल्छीन र मनमनै ला कसैले त देखेन यो चिठी दिएको ।

Blog Post Ad

आँतिदै भर्याङको एक कुनामा गई हतार हतार पढ्न थाल्छिन, जसमा लेखिएको हुन्छ । मलाई तिमी एक्दमै मन पर्छ, यदि तिमी पनि मलाई मन पराउँछयौ भने मलाई यो नम्बरमा फोन गर । सीमा खूसिले गदगद हुन्छीन, आफूले चाहेको रोजेको साथीले यसरी पत्र पठाउँदा उनको मन चञ्चल हुन पुग्छ । हत्त न पत्त मोबाईल झिकेर अघि गोपालले दिएको नम्बरमा मेसेज पठाउँछिन म पनि तिमीलाई सारै मन पराउछु । मेसेज पढेर गोपाल पनि खुसी हुन्छ अनि हतार हतार अर्को मेसेज पठाउछ ।

Blog Post Ad

यसरी उनीहरू बीच मेसेज आदान प्रदान गर्ने क्रम जारी रहन्छ, विभिन्न किसिमका दुख सुख एकअर्का सँग साटासाट गर्न थाल्छन, दिनहूं उनीहरू सांझबिहान मायाका कोसेलीहरु एकअर्का बीच बाढ्न थाल्छन । जीवनका विभिन्न पाटाहरुमा र जस्तो सुकै परिस्तिथिमा पनि एकअर्काको साथ नछोड्ने बाचा गर्छन ।

उनीहरू बीच माया यति सम्म गाढा भईसकेको हुन्छ की एक्छिन पनि उनीहरू कुरा नगरी बस्न नसक्ने भईसकेका हुन्छन । मेसेज मात्र नभई घण्टौ एकअर्का सँग बात मार्दै जांदा कलेज अनि बाहिर पनि उनीहरू लुकीलुकी भेट्न थाल्छन । घरमा सिमाका बुवा आमा एकाएक छोरीमा आएको बदलाव देखेर दंग परेका हुन्छन, पहिले जस्तो घरमा खाना नखाईदिंदा अनि घरको कुनै पनि काममा नसघाउदा आखिर के भएछ हाम्री छोरीलाई साथै दुब्लाएको देखेर दुखीत भएका हुन्छन ।

दिनहरु बित्ने क्रममा एकदिन कलेज बाट शैक्षिक भ्रमणको लागी विद्यार्थीहरुलाई जानु पर्ने हुन्छ, जून कुरा सुनेर गोपाल अनि सीमा एक्दमै खुसी हुन्छन तर घरबाट पो जान दिनुहुन्छ की नाई भनेर सीमालाई चिन्ता हुन थाल्छ । कलेजबाट विद्यार्थीहरुले सीमाका बुवाआमा सामु बिन्ती बिसाए पछि अनन्तः सीमाले घर बाट मंजूरी पाउछीन । खुसीले सीमा नाच्न थाल्छिन अनि हत न पत गोपाललाई फोन गरेर सब बताउँछिन, सिमाकोकुरा सुनेर गोपाल पनि खुसी हुन्छ ।

भोलिपल्ट सबैजना भ्रमणका लागी कलेजमा भेला हुन्छन, सीमा अनि गोपाल समय भन्दा पहिले नै कलेज आइपुगेका हुन्छन् । क्षणभरमै गाडी गुड्छ अनि मिठामिठा बात मार्दै गोपाल र सीमा एकअर्कालाई अँगालोमा कस्छ्न । पछाडीको सिटमा बसेको हूनाले कसैको पनि नजर उनीहरू माथि पर्दैन, त्यसमाथि गाडीमा सबैजना नाच्दै गाउँदै रमाइलो गरिरहेका हुन्छन जसस्वरुप सीमाहरूलाई सहज भएको हुन्छ ।

केही समयको अन्तराल पस्चात गाडी लुम्बिनीमा रूक्छ, सबैजना ओर्लिन्छ्न अनि भगवान गौतम बुद्ध जन्मथलोको अवलोकन गर्न थाल्छन । सीमा अनि गोपाल पनि हांस्दै रमाउँदै घुम्न थाल्छ्न, सांझ पर्छ अनि गाडी अगाडि बढ्छ । गाडीको गुडेको केही समय मै अचानक ठूलो पानी पर्न थाल्छ ,जसो(तसो गर्दै गाडी गोरुसिँघे पुग्छ, रात धेरै परिसकेको हुन्छ साथै पानी पनि अधिक मात्राले परिरहेको हुंदा सरले आजको रात त्यही बास बस्ने भन्नुहुन्छ । होटेलमा सबैजना भिज्दै छिर्छन अनि हतार हतार कोठा तिर लाग्छन् तर सीमा र गोपाल भने रात बस भित्रै बिताउने सोच बनाउँछन र त्यो रात पानी पर्छ । एकअर्काको अँगालोमा हराउँछन् ।

भोलिपल्ट बिहान दुवैजना ब्युझन्छ्न, अनि गए रातिको बारेमा सम्झिदै सीमा केही नबोली छुट्टै सीटमा गई बस्छीन । केही समय मै गाडी गुड्छ अनि सबैजना स कुशल घर पुग्छ्न । घरमा बुवाआमा सँग भेट्दै सीमा कोठामा छिर्छिन अनि गए रातको बारेमा सोच्न थाल्छीन मैले केही गलत त गरिन, म कसरी गोपाल सामु जाउँ, उनले के सोचिरहेका होलान । तर यता गोपाललाई यो कुराले कुनै फरक परेको थिएन,उसले चाहेको सबथोक आज गएर पूर्ण भएको थियो ।

मेसेज टाइप गर्दै गोपालले सिमालई होटेलमा बोलाउछ, केही समयमै उनीहरू होटेल बाहिर हुन्छन । सीमा हिचकिचाउदै होटेल छिर्छिन, लगतै उनीहरू एकअर्काको अँगालोमा हुन्छन । यसरी एक दिन होइन दुई दिन होइन दिनहूं उनीहरूको रासलीला चलीरहन्छ, सीमाको पेटमा गोपालको बीजले ठाउँ ओगटिसकेको हुन्छ तसर्थ पटक पटक गोपाललाई बिहे गरौ भन्दा पनि गोपालले कुनै चासो दिदैन । हुन्छ हुन्छ भन्दै दिन टाल्न थाल्छ । समय सँगै उनीहरू बीच भेटघाट कम हुन थाल्छ, सीमाले कैयौ पटक फोन गर्दा पनि गोपालले फोनको कुनै जवाफ दिदैन जसकारण सीमा अत्यन्त दुखीत हुन पुग्छिन । यसरी दिनप्रतिदिन गोपालसँग कुनै सम्पर्क नँहुदा सीमा भेट्न भनी गोपालको घर पुग्छिन तर घरमा गोपालका बुवाले ।

गोपाल सहर गएको धेरै भयो अनि हामी सबैसँग सम्पर्क्विहीन भएर बसेको छ । भनी जवाफ पाए पछि उनी छांगा बाट खसे झै हुन्छीन । गोपाल यसरी केही नभनी एकाएक त्यो ठाउँ बाट नै हराउँदा सिमालाई ठूलो चिन्ता पर्न जान्छ,के गरु कसो गरु, कसरी बुवाआमा सामु मुख देखाउँ । विभिन्न कुराहरु मनमा खेलाउँदै सीमा गोपाललाई खोज्न निस्किन्छन, चारैतिर भौतारिन थाल्दा पनि गोपालको कुनै भेउ पाउँदैनिन, अन्तमा हार मानेर घर पुगी आमाबुबा सामु सब कुरा खोल्छिन तसर्थ छोरीको कुरा सुनेर रिसाउँदै उनलाई घर बाट निकाली दिन्छन । रुंदै विगतका दिनहरुमा आफूले गरेका गल्तीहरू लाई सम्झिदै अनि आफूलाई धिकार्दै अब आफ्नो लागी सब ढोकाहरु बन्द भएको र कुनै पनि बाटो नदेखे पछि अन्त्यमा बाध्यतावश खोलामा हाम्फाली आत्महत्या गर्छिन ।

दिनहरु बित्दै जान्छन ,यता सहर देखी गोपालले बिहे गरी घरमा नव दुलहीलाई (दीपा) गाउँमा भित्रयाउँछ । सीमाको छाया समेत उसले बिर्सेर हासीखुसी आफ्नी श्रीमती सँग दिनहरु बिताउन थाल्छ, जीवनका रंगीचंगि पानाहरुमा रमाउँदै खुशहाल जीवनयापनको थालनीमा मग्न हुन पुग्छ । भनिन्छ पाप धुरी बाट कराउँछ । तसर्थ एकदिन गोपाल केही काम विशेषले सहर जान थाल्दा उसको गाडी दुर्घटना हुन पुग्छ, दुर्घटनमा उसले आफ्नो एउटा खुट्टा गुमाउन पुग्छ ।

अस्पतालमा केही दिनको बसाइँ पछि डिसचार्ज भई घर पुग्छ,केही दिन त जसोतसो दीपाले उसको स्याहार सुसार गर्छिन तर समय लगतै उनमा पनि बदलाव आउँन थाल्छ अनि गोपाल प्रति नकारात्मक स्वभाव दर्शाउन थाल्छीन, गोपाललाई दिनरात नानार्भाती भन्नुका साथै हेला गर्न थाल्छिन, लँगडो अनि धर्तीको बोझ भन्दै गोपालको खिल्ली उडाउँदै वेवास्ता गर्न थाल्छीन ।

दिनरातको कचकच, आफू प्रतिको अभद्र ब्यावहारले थकित भई गोपालले सिमालाई झल्झली सम्झिन थाल्छ अनि रुंदै विगतका दिनहरुमा सीमाले आफूलाई गरेको माया अनि विश्वाशलाई आफूले कुनै कदर नगरेको अनि घात गरेको सम्झिदै पछुताउन थाल्छ तर अफसोच अब पछुताएर कुनै फाइदा थिएन। रुंदै चिच्याउँन थाल्छ । सीमा मलाई माफ गरिदेऊ,सीमा मलाई माफ गरिदेऊ, म तिम्रो दोषी हु,तिम्रो हत्यारा हु सीमा ।

केही समय पश्चात दीपा अनि बुवाको घरमा आगमन हुन्छ । दीपा कोठामा छिर्न साथ एकाएक चिच्याउछीन, के भयो भन्दै बुवा कोठामा पस्न लाग्दा गोपाललाई भुइँमा लडेको देख्नु हुन्छ साथै विष सेवन गरेको हुंदा मुखै भरी फिझै फिज देखेर झसँग झस्किनु हुन्छ अनि नजिकै गई हातको नाड़ी छाम्दा गोपालले प्राण त्यागी सकेको हुन्छ तसर्थ निशब्द भई एक कुनामा बसी रुन थाल्नु हुन्छ ।