आइसोलेसनका संक्रमित र क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामग्री सहयोग

दाङ,२९ असार । दाङमा कोरोना संक्रमित भएर आइसोलेनमा बसेका र भारतलगायत तेश्रो मुलुकबाट घर फर्किएर क्वारेन्टाइनमा बसेका २ सय बढि व्यक्तिलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । अष्ट्रिलियन दुतावास, कारिता अष्ट्रिलिया र कारिता नेपालको सहयोगमा सिसा नेपालले सोमवार कोरोना संक्रमित भएर कोरोना विशेष अस्पताल र आइसोलेसन वार्डमा बसेका २९ जना र क्वारेन्टाइनमा बसेका १ सय ८८ जना गरि २ सय १७ जना व्यक्तिलाई स्वास्थ्यय सामग्री सहयोग गरेको हो ।

Blog Post Ad

Blog Post Ad

क्वारेन्टाइन र आइसोलेसनमा रहेकालाई स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सस्थाले तुलसीपुर उपमहानगरपालिकामा रहेका ४ वटा क्वारेन्टाइनमा बसेका नागरिक, घोराही उपमहानगरपालिकाले घोराहीको दक्षिण अम्राईमा निर्माण गरेको कोरोना विशेष आइसोलेसन वार्डका विरामी र बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालका विरामीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको सिसा नेपालकी अध्यक्ष साजिद्धा सिद्धिकीले जानकारी दिएकी छिन् ।

कोरोना संकटको समयमा आईसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्ने कार्यक्रम अनुसार सस्थाले सहयोग गरेको उनले बताइन ।

जस अन्तर्गत सस्थाले तुलसीपुर–५ मा रहेको सेन्टर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका २ जना महिला र ६१ जना पुरुष गरि ६३ जना, राप्ती लाईफ केयर अस्पतालको क्वारेन्टाइनमा बसेका ८ जना महिला र २५ जना पुरुष गरि ३३ जना, माध्यामिक विद्यालय कालाखोलाको क्वारेन्टाइनमा ३ जना महिला र ३४ जना पुरुष गरि ३७ जना, सस्कृत माध्यामिक विद्यालय बिजौरीको क्वारेन्टाइनमा बसेका ८ जना महिला र ४७ जना गरी ५५ जना, कोरोना विशेष अस्पताल बेल्झुण्डीमा रहेका १ जना महिला र १४ जना पुरुष कोरोना संक्रमित गरि १५ जना र घोराही–१० को दक्षिण अम्राईमा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका ७ जना महिला र ७ जना पुरुष गरि १४ जना कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष साजिद्धा सिद्धिकीले जानकारी दिएकी हुन ।

सस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा घोराही र तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनसँगै आइसोलेसन अस्पताल र आइसोलेसन वार्डका विरामीलाई मास्क, सेनेटाइजर, सावुन,ब्रसमञ्जन, टावेल, ग्लोप्स पुरुषहरुका लागि महिलाहरुका लागि डिग्निटी किटमा सेनेटाइजर, मास्क, पन्जा, ब्रस,मञ्जन,सरप,सावुन, लाइट,काइयो, सेनेटरी प्याड, टवेललगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सस्थाले मंगलवार घोराही उपमहानगरपालिकाभित्र रहेका क्वारेन्टाइनमाहरुमा बसेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्ने सस्थाले जनाएको छ ।

स्वास्थ्य सामग्री सहयोग कार्यक्रममा सस्थाकी अध्यक्ष साजिद्धा सिद्धिकी, जिल्ला आपत कालिन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत बिश्वप्रकाश अर्याल, घोराही उपमहानगरपालिका

जनस्वास्थ्य अधिकृत विकेश रेग्मीलगायतको सहभागिता रहेको थियो । सस्थाले दुई लाख ७३ हजार एक सय ७५ रुपैयाको स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *