‘ट्राभल हिस्ट्री’ पछ्याउँदा : एम्बुलेन्सबाट कालाकाटे झर्ने ति एक व्यक्ति कहाँ गए ?

दाङ, जेठ ३ । कोरोना संक्रमणको पुष्टि भएका गढवाका २ व्यक्ति ११ दिन अघि नेपाल प्रवेश गरेका थिए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका २३ र ३६ वर्षिय व्यक्ति ७ दिन कृष्णनगरको क्वारेन्टाइनमा बसेको बुझिएको छ ।

७ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई गढवा गाउँपालिकाको एम्बुलेन्सबाट गढवा ल्याएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । ३ दिन गढवाको क्वारेन्टाइनमा रहेकै अवस्थामा स्वाब रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रबार साँझ कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

Blog Post Ad

संक्रमित व्यक्तिसँगै नेपाल प्रवेश गरेर क्वारेन्टाइनमा रहेका गढवाका अन्य दुई व्यक्तिको रिपोर्ट भने नेगेटिभ भेटिएको छ ।

Blog Post Ad

कोरोना संक्रमित व्यक्तिसँगै एम्बुलेन्समा सवार एक जनाको खोजी कार्य तीब्र पारिएको छ । कपिलवस्तुबाट दाङको कालाकाटेसम्म संक्रमित व्यक्तिसँगै यात्रा गरेका घोराही जानु छ भन्ने बताउने व्यक्तिको खोजी थालिएको हो । संक्रमित व्यक्तिका अनुसार कालाकाटेमा एम्बुलेन्सबाट उत्रिएर घोराही जाने हो भन्दै उक्त व्यक्ति प्रहरी बिट तर्फ गएका हुन् ।

‘कन्ट्रयाक ट्रेसिङ्गको काम सुरु भएको छ । ‘संक्रिमतसँग जोडिएका सबैको विवरण संकलन गरेर उनीहरुको पनि कोरोना संक्रमण छ कि छैन भनेर जाँच गरिन्छ ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *