दाङमा हस्तकलाका सामग्री बिक्रीबाट आयआर्जन
लीलाधर वली
दाङ, ६ मंसिर । दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् । कुनै समय घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरु पछिल्लो सिप सिकेर व्यवसायमा जोडिन थालेका छन् ।
महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहजतासँगै थोरै भए पनि बचत गर्ने बानीको विकास भएको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउनुहुन्छ ।
हस्तकलासम्बन्धी सिप सिकेर सरिता हस्तकला उद्योग स्थापना गर्नुभएकी चौधरीले कला संस्कृतिको संरक्षणसँगै आफूहरूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताउनुहुन्छ ।
उहाँका अनुसार हस्तकलाका सामग्री उत्पादन गरेर महिनामा २०–२५ हजारसम्म आम्दानी गर्दै आएको बताउनुभयो । घरको कामसँगै व्यवसाय गर्न पाउँदा सहज...