मनोरञ्जन

५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’
Unknown_news, अर्थ, मनोरञ्जन

५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’

चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो । दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म हाउस खोल्ने तयारी गरेका छन् । दिपकका अनुसार, यो फार्म हाउसलाई उनी ‘अर्गानिक नमुना गाउँ’ बनाउन चाहन्छन् । दिपकले फार्म हाउसका लागि ५ करोड बजेट लाग्ने अनुमान गरेका छन् । यो फार्म हाउसमा ३० वटा पौराणिक शैलीमा घर निर्माण गरिनेछ । एउटा घरमा एकसाथ ७–८ जना बस्न मिल्ने दिपकले बताए । उनले अनलाइनखबरसँग भने–‘चलचित्र सँगसँगै मैले अर्को काम पनि सुरु गर्न लागेको हुँ । सधै, चलचित्र मात्र बनाइन्छ भन्ने पनि छैन । आफूले कमाएको रकम आफ्नै गाउँमा खर्च गरौं भन्ने उद्देश्यले यो योजना अगाडि बढाउन लागेको ह...
दर्शकलाई मन परेन अक्षय कुमारको ‘लक्ष्मी’
Unknown_news, मनोरञ्जन

दर्शकलाई मन परेन अक्षय कुमारको ‘लक्ष्मी’

मुम्बई – बलिउड कलाकार अक्षय कुमार र कियारा आडवाणीको फिल्म ‘लक्ष्मी’ लाई दर्शकले नरुचाएको प्रतिक्रिया दिएका छन् । समीक्षक र दर्शकको प्रतिक्रियाका आधारमा फिल्मले दर्शकको मन बुझाउन नसकेको प्रष्ट भएको छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसकेको र कहानी पनि कमजोर भएको टिप्पणी गरिएको छ । सामाजिक सञ्जालमा फिल्मलाई लिएर कैयन् मिम र ट्रोल भइरहेका छन् । एक प्रयोगकर्ताले ‘लक्ष्मी’ फिल्म योभन्दा स्तरीय हुनुपर्ने धारणा राखेका छन् । धेरै प्रयोगकर्ताले यो फिल्मले चित्त बुझाउन नसकेको र कलाकारको अभिनय पनि राम्रो नभएको प्रतिक्रिया दिएका छन् । यो फिल्म ओटीटीमार्फत सोमवार साँझ रिलिज गरिएको थियो । कोरोना भाइरस महामारीका कारण हलमा भने फिल्म रिलिज गरिएन ।...
मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २१ जना छानिए
Unknown_news, मनोरञ्जन

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २१ जना छानिए

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ । ...
अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा
Unknown_news, मनोरञ्जन

अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा

मुम्बई – बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपालको घरमा भारतको लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् । आजै बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स कनेक्सनमाथि अनुसन्धान जारी छ । एनसीबीले फिल्म उद्योगमा जोडिएका धेरै सेलिब्रेटीको घरमा छापा मारिसकेको छ । पछिल्लो महिना अर्जुन रामपालकी गर्लफ्रेन्डलाई ड्रग्सको केशमा पक्राउ गरिएको थियो । यो केशमा एनसीबीले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती सहित २३ जनालाई पक्राउ गरिसकेको छ ।...
अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा !
Unknown_news, मनोरञ्जन

अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा !

नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् । नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् । वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।...
ती तीन कुरा जसलाई सेक्सभन्दा उत्कृष्ट मान्छिन् कियारा आडवाणी
Unknown_news, मनोरञ्जन

ती तीन कुरा जसलाई सेक्सभन्दा उत्कृष्ट मान्छिन् कियारा आडवाणी

सुशन्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा आफ्नो करियरको सुरुवात गर्ने नायिका कियारा आडवाणीलाई ‘करिब सिंह’ मा उनको भूमिकाले स्टार बनाइदियो । कियारा अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी’ मा पनि देखिनेछिन् जुन रिलिजको संघारमा छ । ‘लक्ष्मी’ को रिलिज अघि कियारा आडवाणीको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनले आफूलाई सेक्सभन्दा मज्जा लाग्ने ती तीन चीजबारे बताएकी छिन् ।कियाराको यो भिडियो ‘ट्वीक इन्डिया’ ले सेयर गरेको छ । यसमा नायिकाले केही रमाइला प्रश्नको जवाफ दिइरहेकी छिन् । कियारालाई यति बेला प्रश्न सोधियो, ‘यदि तपाईंलाई कुनै किरा बन्ने मौका पाएमा के बन्न चाहन्छिन् ?’ यसको जवाफ दिँदै नायिका भन्छिन्, ‘क्याटरपिलर ता कि पछि पुतली बन्न सकूँ ।’ त्यसपछि नायिकालाई सोधियो, ‘ती कुन तीन चीज हुन् जसलाई तपाईं सेक्सभन्दा उत्कृष्ट मान्नुहुन्छ ?’ यसको जवाफ दिँदै नायिका...
सुनील सेट्टीलाई ‘भारत रत्‍न डा. अम्बेडकर’ अवार्ड
Unknown_news, अन्तरार्ष्ट्रिय, प्रमुख समाचार, मनोरञ्जन

सुनील सेट्टीलाई ‘भारत रत्‍न डा. अम्बेडकर’ अवार्ड

मुम्बई । बलिउड अभिनेता सुनील सेट्टीलाई हालै भारतको प्रतिष्ठित अवार्ड ‘भारत रत्‍न डा. अम्बेडकर’ बाट सम्मानित गरिएको छ । उनले कोभिड-१९ कालमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीले शनिबार साँझ राजभवनमा बोलाएर सम्मान गरेका हुन् । महामारीको समयलाई मध्येनजर राख्दै सम्मान समारोहमा २५ जना मात्र उपस्थित थिए । अवार्डबाट सम्मानित भएपछि सुनीलले भने, “जुन कुरामा ध्यान जान्छ त्यो काम नगर्नुहोस्, तर याद राखिने कामहरु गर्नुहोस्... दिनुहोस तर बिर्सनुहोस्... स्वीकार गर्नुहोस् र सधैं याद राख्नुहोस ।” सुनीलले महिला सशक्तीकरण गरे, पशु कल्याणका लागि चेतना जगाए र लकडाउनको समयमा मुम्बईका डब्बावालाहरुलाई ठूलो मात्रामा भोजनको आपूर्तिको व्यवस्था गरेर सहयोग गरे । जुलाईमा खबर छापिएको थियो कि उनले अभिनेता सञ्‍जय दत्त र क्याबिनेटमन्...
साम्राज्ञीको सुन्दरता
Unknown_news, मनोरञ्जन

साम्राज्ञीको सुन्दरता

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको चलचित्र रिलिज नभएको एक बर्ष भयो । गतबर्ष असोजमा चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएपछि उनको कुनै पनि नयाँ प्रोजेक्ट आएको छैन । यसैले पनि साम्राज्ञी दर्शकमाझ आउन आतुर छिन् । तर, उनको यो योजना यो बर्ष पुरा नहुने पक्का छ । किनकी, उनले ३ वटा चलचित्र साइन त गरेकी छिन् तर छायांकन कहिलेबाट सुरु हुन्छ कुनै टुंगो लागेको छैन । चलचित्रको छायांकन सुरु भएपछि साम्राज्ञीले लगातार काम गर्नेछिन् । किनकी, उनले साइन गरेका ३ वटा चलचित्रको छायांकन एकपछि अर्को रुपमा सुरु हुनेछ । तर, साम्राज्ञी सामाजिक संजालमार्फत दर्शकमाझ भने निरन्तर जोडिएकी छिन् । उनले, सामाजिक संजालमा शेयर गरेको कालो रंगको पहिरनमा उनी निकै खुलेकी छिन् ।...
गायक अमालको भिडियोमा अदिति
Unknown_news, मनोरञ्जन

गायक अमालको भिडियोमा अदिति

अनमोल केसी अभिनित ‘कृ’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकी पछिल्लो समय बलिउडमा संघर्षरत छिन् । बलिउडका फिल्म अभिनयका लागि संघर्षरत उनले फिल्म नपाएपनि त्यहाँका म्युजिक भिडियोमा भने राम्रै चान्स पाइरहेकी छन् । केही अगाडि गायक, कलाकार फरहान अख्तरसँग ‘इन्साइड एज २’को म्युजिक भिडियोमा देखिएकी अदितिले अमाल मलिकको डेब्यु गीत ‘तु मेरा नही’ समेत मोडलिङ  गर्न भ्याएकी छन् । सोको जानकारी अदितिले इन्स्टाग्राम मार्फत अमालसँगको फोटो शेयर गर्दै गराएकी हुन् । उनले अमालसँगको तस्बिरका साथ लेखेकी छन् ‘यो गीत मेरा लागि एकदमै स्पेसल छ । गीतमा काम गर्ने मौका दिएकोमा अमाललाई धेरै धेरै धन्यवाद ।’ गीतको टिजर समेत अहिले सार्वजनिक गरिएको छ । गीत पप बिधामा रहेको छ । अमालले यसअघि ‘कबिर सिंह’, ‘धोनी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन् । गीतको भिडियो दुबईमा छाया...
सलमान खान र शाहरुख खानको जोडीले पुनः पर्दामा कमाल देखाउने ?
Unknown_news, मनोरञ्जन

सलमान खान र शाहरुख खानको जोडीले पुनः पर्दामा कमाल देखाउने ?

बलिउड इन्डष्ट्रिमा थुप्रै यस्ता जोडी छन् जसलाई धेरैले एकसाथ पर्दामा हेर्न चाहन्छन् र यो जोडीमा सलमान खान र शाहरुख खानको नाम पनि समावेश छ । आज पनि बलिउड प्रेमी सलमान खान र शाहरुख खानलाई एकसाथ पर्दामा हेर्न लालायित छन् । थुप्रै वर्षदेखिय दुबैले एकसाथ फिल्ममा अभिनय त गरेका छैनन् तर दुबैले एक अर्काको फिल्ममा क्यामियो गरेको भने देख्न सकिन्छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अब यस्तै मौका जुरेको छ, दुबै हिरोलाई एउटै फिल्ममा देख्न पाइने भएको छ । शाहरुख खान सन् २०१८ मा रिलिज भएको फिल्मपछि कुनै पनि फिल्ममा देखिएका छैनन् । यद्यपि, फिल्मी क्षेत्रका जानकारले भने शाहरुख खानले दुई प्रोजेक्टमा काम गर्न सुरु गरिसकेको बताइएको छ । यसबारे कुनै आधिकारिक जानकारी भने उपलब्ध छेन । यस्तै जानकारीका अनुसार शाहरुख खान चाँडै नै फिल्म पठानमा देखिने भएका छन् । फिल्म पठानमा सलमान खान पनि शाहरुख खानसँग दे...