क्षमता अभिबृद्धी गर्दै कर्मचारी र जनप्रतिनिधी

घोराही, ९ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर ३ ले कार्य सम्पादनमा छिटो छरितो ल्याउन कर्मचारी र जनप्रतिनिधीहरुलाई क्षमताबृद्धीको कार्यक्रम सञ्चालन गरेको छ । नागरिकहरुले पाउने सेवा सुबिधा र वडा कार्यालयले गर्ने दैनिक कार्य सम्पादनमा चुस्तता ल्याउन तालिमको आयोजना गरेको हो ।

Blog Post Ad

Blog Post Ad

सोमबार देखी सुरुभएको तालिम ११ गते सम्म सञ्चालन हुने छ । वडा कार्यालयले प्रबाह गर्ने सेवा सुबिधालाई छिटो छरितो कसरी बनाउन सकिन्छ र प्रविधी सँग जोडिएर गरिने कार्य सम्पादनलाई सहज बनाउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष माधवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख नरुलाल चौधरीले सक्षम कर्मचारी र जनप्रतिनिधीले मात्रै सरकारको लक्ष्यलाई पुरा गर्न सक्ने भन्दै जिम्मेवारी अनुसारको काममा पारदर्शिता ल्याउन आग्रह गर्नुभयो । समय अनुसारको सिप, ज्ञान र क्षमताको अनिवार्य विकास हुनुपर्नेमा जोड दिदै उहाँले जनताको सेवक भएर जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।

व्यक्तिलाई लागेको भरमा भन्दा कानुन बुझेर मात्रै काम गर्न आग्रह गर्दै उहाँले सिप, ज्ञान र क्षमता विकास अनिवार्य भएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले समय अनुसारको सिप ज्ञानले मात्रै सेवालाई गुणस्तरीय बनाउन सकिने बताउनुभयो ।

कानुन र विधी भन्दा बाहिर गएर कुनै पनि काम गर्न नहुने भन्दै बुझेर मात्रै काम गरे पारदर्शिता आउने धारणा राख्नुभयो । प्रबिधीका बारेमा अनिबार्य ज्ञान अबको आबस्यक भएको उहाँको भनाई छ ।

तालिममा कम्प्युटरबाट प्रदान गरिने सेवा, लेखा प्रणाली, बजेट तथा योजना कार्यान्वयन लगाएका बिषयमा प्रशिक्षण दिईने सूचना प्रबिधी अधिकृत विमल अग्रहरीले जानकारी दिनुभयो । वडा सचिब पदमप्रसाद रेग्मीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक लिला शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *