अव्यवस्थित बसोबासीको जग्गा मूल्यांकनको काम स्थगित

 दाङ, ९ फागुन । तुलसीपुर उपमहानगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा मूल्यांकनको काम फागुन १३ गतेसम्म रोकिएको छ ।

उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा मूल्यांकन वाफत अस्वभाविक रुपमा कर लिएको विषयमा उच्च अदालत तुलसीपुरमा रिट परेपछि बहसका लागि १३ गतेसम्म जग्गा मूल्यांकनको काम रोकिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाले कुनै पनि काम कानुन अनुसार गरेको बताउदै उहाँले दोहोरो शुल्क नलिएको समेत प्रष्ट गर्नुभयो । विभिन्न पालिकाले आर्थिक ऐन नबनाएका कारण तत्कालका लागि शुल्क नलिएको पनि उहाँले बताउनुभयो ।

Blog Post Ad

उपमहानगरपालिकाले गैरकानुनी ढँगले कर असुलीगरेको भन्ने समाचार रेडियो हाम्रो पहुँचमा आएपछि पत्रकार सम्मेलन गरेर नगरप्रमुख पाण्डेले नियमित सिफारिस शुल्क मात्रै लिएको जानकारी दिनुभयो ।

यसैबिच टोल बिकास संस्थाले सिफारिसका नाममा अनेक शुल्क लिन नमिल्ने पनि पत्रकार सम्मेलनमा नगरप्रमुख पाण्डेले जननकारी दिनुभयो । उहाँले कुनै पनि टोल बिकास ंस्थाले पैसा असुल गरेको बारेमा उजुर नपरेको बताउदै केहि समस्या भए अनुसन्धान समेत गर्ने कुरामा जोड दिनुभयो ।