छाडा कुकुरको आतङक रोक्न बन्ध्याकरण

देउखुरी, फागुन  । छाडा कुकुरको बिगबिगी बढ्न थालेपछि दाङको लमही नगरपालिकाले कुकुरको बन्ध्याकरण थालेको छ । कुकुरकै कारण सवारी दुर्घटना हुने, टोक्दा रेविज रोग लाग्ने र कोलाहल बढ्ने भन्दै बन्ध्याकरण शिविरकै आयोजना गरेर अभियान थालिएको लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो ।

Blog Post Ad

Blog Post Ad

‘कोलाहल रोक्न र सवारी दुर्घटना कम गर्नको बन्धाकरण थालिएको हो’ नगर प्रमुख केसीले भन्नुभयो । यस बर्ष देखि नगरपालिकाले कुकुर बन्धाकरणलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । यसबर्ष एक सय ५० कुकुरको बन्धाकरण गर्ने र अर्को बर्ष तीन सयको बन्धाकरण गर्ने योजना रहेको नगरपालिका पशुसेवा कार्यालयका निमित्त प्रमुख शिवराज न्यौपानने जानकारी दिनुभयो ।

पोखराको हार्ट संस्थाको प्राविधिक सहयोगमा कुकुर बन्धाकरण शिविरको आयोजना गरिएको हो । भाले र पोथी दुवैको बन्याकरण हुनेभएकाले लमही नगर क्षेत्रमा कुकुरको संख्या बढ्न रोक्ने न्यौपाने जानकारी दिनुभयो ।

‘केटाकेटीलाई टोक्दा रेवीज लाग्ने डर पनि थियोसँगै गाउँमा बालीनालीमा असर पार्ने र सवारी दुर्घटना समेत हुने देखेर यो अभियान चालेका हौ’ पशुसेवा शाखाका न्यौपानेले भन्नुभयो । नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी बन्ध्याकरण शिविरको उद्घाटन गरेको छ । बन्ध्याकरण शिविरको नगरप्रमुख केसीले उदघाटन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *