लाउरेको कन्सर्टमा भागदौड हुँदा २ जनाको मृत्यु

नेपाली गायक तथा र्यापर आशिस राना (लाउरे)को कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ। 

भारतको पश्चिम बंगाल राज्यको कालिङपोङमा आइतबार साँझ भएको सो कन्सर्टमा भागदौड हुँदा दुईजनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यम जी न्यूजले जानकारी दिएको छ ।

Blog Post Ad

मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बिनिता गुरुङ रहेको जी न्यूजले जनाएको छ । नेपाली गायक रानाले प्रस्तुति दिएपछि कालिपोङस्थित मेला ग्राउण्डमा भएको सो कन्सर्टमा भागदौड मच्चिएको बताइएको छ ।

Blog Post Ad