एजेन्सी । पर्दामा कैयौं जोडीहरु एकदमै हिट रहेका छन् । उनीहरुलाई सँगै एकै फिल्ममा देख्न उनका फ्यानहरुको चाहना हुन्छ । यता उनै जोडीहरु रिल लाइफमा मात्र नभई रियल लाइफमै जोडी बन्न पुगे । आज यसैबारे चर्चा गरौं जो फिल्मको सुटिङको क्रममा नजिक भएर अन्तमा विवाह बन्धनमा बाँधिन पुगे ।
१. रणवीर सिंह-दीपिका पादुकोण
यी दुई स्टारबीच फिल्म गोलियों की रासलीलाः रामलीलाको सुटिङको क्रममा आत्मीयता बढ्यो । यसपछि उनीहरुले सँगै बाजीराव मस्तानी र पद्मावतमा सँगै बाम गरे । अब यी जोडी एक अर्को फिल्म ८३ मा सँगै देखा पर्दैछन् ।
२. अजय देवगन-काजोल
बलिउडको रुचाइएको जोडीमध्ये यी दुईको जोडी पनि एक हो । यी दुईले सन् १९९५ को फिल्म हलचलमा सँगै काम गरे । त्यसपछि उनीहरु नजिक हुन पुगे । सन् १९९९ मा यी दुईले आफ्नो प्रेमलाई विवाहमा परिणत गरे । यी दुईले दिल क्या करे, यु मू और हम, तानाजी, प्यार तो होना ही था लगायतका फिल्ममा सँगै काम गरेका छन् ।
३. सैफ अली खान-करीना कपुर
शाहिद कपुरसँगको ब्रेकअप पछि करीना कपुर सैफ अली खानसँग प्रेममा परिन् । त्यसबेला उनीहरु फिल्म टशनमा काम गर्दै थिए । त्यसबेला यी दुईलाई सँगै धेरै समय बिताउने मौका मिल्यो र उनीहरु नजिक भए । त्यसपछि उनीहरुले फिल्म कुर्बानमा सँगै काम गरे ।
४. अभिषेक बच्चन-ऐेश्वर्या राय
सलमान खानसँग ब्रेकअपपछि ऐश्वर्या रायको विवेक ओबरोयसँग अफेयर रहेको चर्चा चल्यो । यद्यपि यसमा दुबैले मुख भने खोलेनन् । सन् २००६ मा ऐश्वर्या र अभिषेक बच्चनले फिल्म गुरु मा सँगै काम गरे । त्यसपछि उनीहरु नजिकिन पुगे । त्यसपछि उनीहरु रावण, उमराव जान र धुम २ मा सँगै देखा परे ।
५. कुणाल खेमू-सोहा अली खान
यी दुईबीच पहिलो भेटमा नै प्रेम भएको होइन । उनीहरुले सँगै फिल्म ढूँढते रह जाओगे, ९९ र गो गोवा गन मा काम गरे । त्यसपछि उनीहरु नजिक हुन पुगे ।
६. रितेश देशमुख-जेनिलिया डिसुजायी दुईको ड्ब्यु फिल्म तुझे मेरी कसम रहेको थियो । पहिलो फिल्मबाट नै यी दुई नजिकिन पुगे । सन् २०१२ मा यी दुई वैवाहिक बन्धनमा बाँधिए ।