दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो


दाङ, १० मसिर । दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा तुलसीपुर उपमहानगरपालिका ६ की ८१ वर्षिया महिलाको गएराती मृत्युभएसंगै जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

उनलाई मंसिर ५ गते नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको थियो । कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी ति महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

Blog Post Ad

६ गते कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृति अनुसार उपचार विधि अपनाउँदै आएपनि ति महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको आफन्तीले शितलपुरको बबईघाटमा दाहसंस्कार गरेका छन् । निधनपछि महिलाको आफन्तीले बबई नदीमा दाहसंस्कार गरेका छन् । संक्रमितको मृत्युपछि आफन्तले दाहसंस्कार गरेको यो पहिलो घटना हो ।

Blog Post Ad

यसैबीच दाङमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय २४ मात्र हरहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । २ हजार ९ सय २१ जनामा कोरोना पुष्टि भएकोमा २ हजार ५ सय ७० जना भने निको भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।