यी महिला प्रहरी अफिसर बनिन् यो सिजनको दोस्रो करोडपति

एजेन्सी । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति सिजन १२’ ले अर्को करोडपति प्राप्त गरेको छ । केही दिन पहिले झारखन्डकी नाजिया नसिम करोडपति बनेकी थिइन् ।

Blog Post Ad

दोस्रो करोडपतिको रुपमा महिला प्रहरी अफिसर (आइपिएस) मोहिता शर्माले १ करोड हात पारेकी छन् । सोनी टिभीको आधिकारिक इन्स्टाग्राममा एक प्रोमो सेयर गरिएको छ ।

Blog Post Ad

जसमा हट सिटमा मोहिता शर्मा बसेकी छन् । सबैभन्दा पहिले उनले ५० लाख रुपैया जितेको देखाइएको छ । त्यसपछि उनले १ करोड पनि जित्छिन् । यसका साथै मोहिता एकमात्र महिला प्रहरी अफिसर (आइपिएस) हुन् जो यस शोको करोडपति बनिन् ।

शोको समयमा अमिताभले उनलाई सामाजिक सञ्जालमा फलो गर्छु भनेर बताएका थिए । मोहिता तब अचम्ममा परिन् जब बलिउडका महानायक अमिताभ बच्चनले उनलाई हाल इन्स्टाग्राम र ट्वीटरमा फलो गरेका छन् ।