विश्वभर कोरोनाबाट नेपालीको मृत्‍यु हुनेको संख्या ८७ पुग्यो

दाङ, ३१ बैशाख। विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीको संख्या ८७ पुगेको छ । सबैभन्दा धेरै बेलायतमा ६० जनाको मृत्यु भएको छ । त्यसैगरी, अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्समा ६ जना, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एक–एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

Blog Post Ad

बेलायतमा ज्यान गुमाउने नेपालीमा ५० जना पुरुष र १० जना महिला रहेको बेलायतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बेलायतमा मृत्यु हुनेहरुमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनिकहरु हुन् । मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *