मिनि म्याराथुन प्रतियोगितामा अरुण र सिमा प्रथम

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, १६ माघ | नेपाल भ्रमण बर्ष २०२०लाइ लक्षितगरी घुम्न जाउं तुलसीपुर अन्तर्गत तुलसीपुरमा मिनिम्याराथन प्रतियोगिता भएको छ । तुलसीपुर—अमिलिया सडक खण्डको विरेन्द्र चौकबाट सुरु भएको प्रतियोगिताका सहभागीहरु टरीगाउं विमानस्थलसम्म पुगेर महोत्सव स्थल पुगेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिताको सुभारम्भ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गर्नु भएको थियो । नगर प्रमुख पाण्डेले तुलसीपुरलाइ स्पोर्ट सिटिका रुपमा विकाश गरीने बताउनु भएको छ । मिनि म्याराथन प्रतियोगितामा नेपालगन्जदेखि दाङ सम्मका कम्तिमा ६२ जनाको सहभागिता रहेको थियो ।

यसैबीच मिनिम्याराथुन दौड प्रतियोगितामा पुरुष तर्फ अरुण केसी प्रथम, असोक सुनुवार राइ दोस्रो, रविन वली तेस्रो, लेखनाथ महर चौथो, बेद वहादुर वली पांचौं र पारश सुनार छैठौ हुनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि महिला तर्फ प्रथम सिमा चौधरी, दोस्रो सर्मिला घर्ति, तेस्रो अनिसा चौधरी, चौथो झरना बुढामगर, पांचौमा रेशमा रोकाक्षेत्री र छैठौमा सदिक्षा चौधरी रहनु भएको छ । आयोजक समितिले प्रथम महिला पुरुष दुवैलाइ प्रतिव्यक्ति ७ हजार दोस्रो हुनेहरुलाइ ३ हजार ५ सय, तेस्रो हुने दुवैलाइ प्रतिव्यक्ति २५ सय रुपैया र अन्य विजेतालाइ सान्त्वना पुरस्कार दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *