दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधी राेजी बड्सलाई

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, १५ माघ । लमही नगरपालिकाकाे आयाेजना र राेजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीकाे सह-आयाेजनामा शुरु भएको दाेस्राे राष्ट्रपति रनिङ्ग प्रतियोगिताकाे उपाधी राेजि बड्स बालबाटीका माध्यमिक विद्यालयले जितेकाे छ । यस अघि आदर्श माध्यमिक विद्यालयले जितेकाे रनिङ्ग शिल्ड यस बर्ष राेजी बड्स बालबाटीकाले हात पारेकाे हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राेजीले आठ स्वर्ण, चार रजत, चार कास्य जितेर प्रथम भएको हाे । बालजनता माध्यमिक विद्यालय बनगाउँले सात स्वर्ण, चार रजत र तिन कास्य जितेर द्वीतिय स्थान हासिल गरेकाे छ । सनलाईट बाेर्डिङ स्कुल लमहीले छ स्वर्ण, तिन रजत जितेर तेस्राे भएकाे छ । गाेर्खा बाेर्डिङ्ग स्कुल लमहीले चार स्वर्ण, छ रजत र ७ कास्य जितेर सान्त्वना भएको छ । आदर्श नमुना माध्यमिक विद्यालयले तीन संवरण, तीन रजत र पाँच कास्य पदक जितेकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आउदाे बर्ष लमही नगरपालिका वडा नम्बर ३ भित्रकाे विद्यालयले तेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अायाेजना गर्ने वडा नम्बर ३ का अध्यक्ष बावुराम चाैधरीले घाेषणा गर्नु भएको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उपाधी जित्ने विद्यालयलाइ शिल्ड प्रदान गर्नु भयाे । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई व्यवस्थित गर्दै लगिएको नगर प्रमुख केसीले बताउनु भयाे ।

कार्यक्रममा उपप्रमुख देवका बेल्वासे, वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, वडा नम्बर ३ का अध्यक्ष बावुराम चाैधरी, शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री, सूर्यविनायक माध्यमिक विद्यालय नर्तिका प्रधानाध्यापक बिष्णु पाैडेल लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नु भएको थियाे । कार्यक्रमकाे सहजीकरण शिक्षक वसन्त न्याैपानेले गर्नु भएको थियाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *