उपनिर्बाचनका उम्मेद्वारले बुझाएनन् खर्च बिबरण

घोराही, १४ माघ | गएको मंसिर १४ गते भएको उपनिर्बाचनमा उमेद्वार बनेका दाङका २१ जना उम्मेद्वारमध्य २ जनाले मात्रै खर्च बिबरण बुझाएका छन् । उमेद्वारले ३० दिनभित्र खर्चको सम्पुर्ण बिबरण बिल भरपाईसहित बुझाउने पर्ने कानूनी ब्यबस्था रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खर्च बिबरण बुझाउनेमा प्रदेशसभा सदस्यका उम्मेद्वार बनेका नेपाली कांग्रेसका केशबराज आचार्य र स्वतन्त्र उम्मेदवार टीकाराम आचार्य रहनुभएको छ । आचार्यले १४ लाख ७६ हजार ८ सय रुपैयाँ र टीकारामले ९२ हजार ३ सय रुपैयाँ चुनावी अभियानमा खर्च गरेको उल्लेख गरेको निर्बाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेससभा सदस्यका लागि १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पष्धामा रहेका थिए भने वडाध्यक्षका लागि ७ जना प्रतिस्पष्धामा रहेका थिए । चुनाब जितेका प्रदेससभा सदस्य बिमला वली र वडाध्यक्ष ताराबहादुर डाँगीले समेत अझै खर्च बिबरण नबुझाएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *