दीपिकाको ‘छपाक’लार्ई अजयको ‘तानाजी’ले पछार्यो

एजेन्सी । शुक्रबार अर्थात १० जनवरीमा सन् २०२०को बलिउड बक्स अफिसमा पहिलो भिडन्त भएको छ । जसमा दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजी : द अनसंग वारियर’ एकै दिन रिलिज भएका छन् ।

Blog Post Ad

दुवै फिल्महरु लामो समयदेखि चर्चामा आएको थियो । दुवै फिल्मकाे समथर्नमा राजनीतिक पार्टी समेत उत्रिएको थियो । यस्तो सन्दर्भमा फिल्मको पहिलो दिन अर्थात ‘ओपनिङ डे’मा कति कमाई गर्यो भन्ने चासोको विषय रहन्छ ।

Blog Post Ad

अजयको १०० औं फिल्म रहेको तानाजीले पहिलो दिनमा आक्रामक कमाई गरेको छ । बक्स अफिस इन्डियाका अनुसार फिल्मले १६ करोडको आसपासमा कमाई गरेको छ भने यता दीपिकाको फिल्म ‘छपाक’ जुन एसिड पीडित लक्ष्मि अग्रवालको जीवनीमा आधारित भएर निर्माण भएको यस फिल्मले पहिलो दिनमा ४.५ करोडको कमाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *