ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

११ कार्तिक । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–४ बसन्तपुर भैरहवा–परासी हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४७प ८९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जना मृत्यु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोटरसाइकल चालक रुपन्देहीको ओमसतियाका २० वर्षीय बलाराम चाईको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार १८ वर्षीय आकाश गुप्ता घाइते भएका छन् । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलको पेट्रोल ट्यांकी फुटेर आगोलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको, ट्रकको पछाडिको ४ वटा टायर जलेपछि दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *