स्वर्गीय नेता पोष्टबहादुर बोगटीेको पाँचौ स्मृति दिवस

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० भदौ | तत्कालिन नेकपा माओवादीका केन्द्रिय उपाध्यक्ष पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवस सोमवार घोराहीमा मनाइएको छ । तत्कालिन माओवादीले थालेको ससस्त्र जनयुक्त र शान्तीपुर्ण राजनीतिमा आइसके पछि पनि शालिन, क्षमतावान र निष्ठावान नेताको रुपमा परिचित थिए । तत्कालिन माओवादीमा आशा, भरोसाका केन्द्र मानिएका नेता वोगटीका ६२ बर्षको उमेरमा हृदय घातबाट २०७१ सालमा मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पोष्टबहादु बोगटी स्मृति प्रतिष्ठान दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा केन्द्र एवम जिल्ला तहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रष्तिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा प्रदेश नम्वर ५का सदस्य सचिव जगप्रसाद शर्मा ‘अपार’ले पार्टीको एउटा होनहार नेतालाई गुमाएको पीडा आफुहरुले अहिलेसम्म भुल्न नसकेको बताए । उनले युद्धकालमा पनि जनता र कार्यकर्ताको मन जितेर, सबैलाई समेट्न सक्ने बोगटीको क्षमता अतुलनिय रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले पार्टीमा लामो समय राजनीति गरेको, त्याग, तपस्या र बलिदान गरेको हुदाँ स्वर्गीय बोगटीलाई पार्टीका नेता कार्यकर्ताले भुल्न नहुने बताए । उनले नेता वोगटीको सम्मानको लागि पार्टीले अझै पनि केही गर्न नसकेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अपारले पार्टीमा एउटा प्रेरेणाको स्रोत भएको सुनाए । स्वर्गीय नेता वोगटीको स्मृति दिवसमा आयोजना गरिएको श्रदाञ्जलीसभामा नेता अपारले वोगटीले देखाएको बाटोमा लाग्नको लागि पार्टीका नेता कार्यकर्ताहरुले मेहेनत गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य निर्मल नेपालीले बोगटीलाई आफुले गुरुको रुपमा लिएको बताए । प्रदेश सांसद एवम जिल्ला सहइन्चार्ज दामाकुमारी शर्मा, नारायणी शर्माले पनि अपारले महिला अधिकार, पार्टी समग्र आन्दोलनको विषयमा गहिरो चिन्तन गर्ने नेता भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले महिला ससक्तिकरणको विषयमा पनि बोगटीले दिएको संदेश, देखाएको मार्गदिशा निकै ससक्त रहेको औल्याए । यस्तै पर्देश सांसद अमरबहादुर डाँगी, इन्द्रजीत थारु, घोराही उपमहानगर पालिकाकी उपमेयर सीता सिग्देल न्यौपानले पनि पार्टीको लागि रगत पसिना अर्पेको, देश र जनताको अधिकारको लागि लडेको नेता बोगटीले नेपालको सिंगो परिर्वतमा भुमिका खेलेको बताए ।

उनीहरुले बोगटीले पुर्याएको योगदानको सबैले सम्झना गर्नुपर्ने सुनाए । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान दाङका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले बोगटीले पुर्याएको योगदानलाई पाटीले उच्च सम्मान दिनुपर्ने बताएका थिए । प्रतिष्ठानका उपाध्यक्ष रमणकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव नरेन्द्र केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *