नगरपालिकाद्वारा गाई–गोरुको उपचार

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाई–गोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरपालिकाका वातावरण तथा विपद न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाइते गाई–गोरुको उपचार गरेको हो । ती मध्ये दुई गाई–गोरुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न एक लाखभन्दा बढी खर्च भएको गिरीले बताए ।

बेवारिसे छाडिएका २२६ गाई–गोरु शुक्रबारसम्म नेपालगञ्ज पठाइएको छ । “बेवारिसे गाई–गोरुको व्यवस्थापन गरिरहेका छौँ”, उनले भने । नगरपालिकाका अनुसार हालसम्म ३८ गाई–गोरुको मृत्यु भएको छ । गत साता नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै ल्याइएका २९१ गाई–गोरुमध्ये केही सुर्खेतको ब्यूरेनी, सुब्बाकुना र कटकुवाका भिरबाट फालिएको अवस्थामा फेला परेका थिए । रासस

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *