दाङमा खेती गर्ने किसानको संख्यामा कमि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ | दाङमा वर्षेनी खेती गर्ने किसानको संख्या घट्दै गएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार ६९ हजार खेती हुँदा आएको जग्गा पछिल्लो समय ६४ हजार हेक्टर क्षेत्रफलमा सिमित भएको छ । जिल्लामा यसवर्ष ५ हजार हेक्टर क्षेत्रफल जमिन बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा अघिल्लो वर्ष ६५ हजार हेक्टर क्षेत्रफल जमिनमा खेती भएपछि पछिल्लो समय एक हजारले घटेर ६४ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको उहाँको भनाई छ । सरकारले कृषि क्षेत्रमा आकर्षण बढाउन विभिन्न योजना अघि सारेपनि प्रभावकारी हुन सकेको छैन् । दाङमा व्यवसायीक रुपमा खेती गर्ने किसानको संख्या घट्दै जाँदा सोचेजस्तो उत्पादन गर्न नसकिएको प्रमुख बस्तनेतले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *