तुलसीपुरमा मेट्राे कलेज शुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ १५ । तुलसीपुर उपमहानगरपालिकामा ‘तुलसीपुर पोलिटेक्निकल इन्स्टिच्युट’ अर्थात तुलसीपुर मेट्राे कलेज शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन लागेकाे कलेजमा यो वर्ष वन विज्ञानको तीन वर्षे कार्यक्रम सञ्चालन हुन लागेकाे शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए । उनले शैक्षिक कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पुरा भएको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अव विद्यार्थी भर्ना कार्यक्रमलाई अगाडि बढाउन थालिएकाे प्रमुख गौतमले बताए । उनले अन्य प्राविधिक शिक्षालय भन्दा सहुलियत दरमा विद्यार्थीलाई गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको पनि बताए । कलेज सञ्चालनका लागि उपमहानगरकाे वडा नम्वर १२ हरिपौरीमा सम्पूर्ण भौतिक संरचना निर्माण भइसकेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले यो वर्ष ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको पनि प्रमुख गौतमकाे भनाइ छ । यसैबीच, कलेज सञ्चालन तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसी भर्ना प्रक्रिया शुरू गर्ने निर्णय गरेको छ। कलेजमा अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई शैक्षिक शुल्कमा ५० प्रतिशत छुट दिइने बैठकले निर्णय गरेको छ ।

यसैगरी बैठकले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सहिद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया तथा विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिइने निर्णय गरेको छ । पहिलो चरणमा विभिन्न कलेजबाट प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरुलाई भर्ना गरिने र दोस्रो चरणमा पुनः प्रवेश परीक्षा लिइने पनि कलेजले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *