दाङ, १९ असोज । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका–१ चितुवाटारीका ६४ वर्षीय ढाललबहादुर चौधरीको हत्या आरोपमा पत्नी ६२ वर्षीया छायादेवी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार गएराति सामान्य विवादमा झगडा हुँदा छायादेवीले टर्चलाइट प्रहार गरी श्रीमानको हत्या गरेको खुलेको छ ।
प्रहरीले घटनास्थलबाट टर्चलाइट बरामद गरेको छ भने छायादेवी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।