सविन प्रियासन
आज दशैंको दिन, आकाशमा बादलहरूको हल्का छायाँ छ, तर मेरो मनमा भने घनघोर अन्धकार छरिएको छ । सडकहरूमा मानिसहरूको चहलपहल छ, घरघरमा टीका र जमराको तयारी चलिरहेको छ । बच्चाहरू नयाँ लुगा लगाएर दौडिरहेका छन्, बुढापाकाहरू आशीर्वाद दिन व्यस्त छन् । तर म एक्लै छु, मेरो कोठामा बसेर पुराना तस्बिरहरू हेर्दैछु । ती तस्बिरहरूमा उनी छिन् – मेरी प्रिया, जसको मुस्कानले मेरो जीवन उज्यालो बनाउँथ्यो । तर आज, उनी बिनाको दशैं मेरो लागि एउटा खालीपन मात्र हो ।
गएको वर्षको दशैं अझै पनि मेरो आँखामा जीवन्त छ । हामी दुवैले दशैं सँगै मनाएका थियौं । म सानो घरमा बस्थें, उनी पनि हाम्रै शहरमा कलेज पढ्थिन् । दशैंको टीकाको दिन, हामीले एकअर्कालाई टीका लगाइदियौं । उनको निधारमा मैले रातो टीका र जमरा राखें, अनि उनले मेरो निधारमा । त्यो पलमा हामीले कसम खाएका थियौं – जीवनभर सँगै रहने, सुखदुख बाँड्ने ।
उनले “तिमी बिना मेरो दशैं अधुरो हुन्छ,“ भनेकी थिइन् । मैले पनि हाँसेर भनेको थिएँ, “अब जिन्दगीभर दशैं सँगै मनाउने छौं, म तिम्रो दशैं कहिल्यै अधुरो हुन दिने छैन ।“ तर समयको खेल कस्तो १ आज उनी टाढा छिन्, म एक्लै छु ।
मलाई थाहा छ, यो दूरी कसरी आयो । हाम्रो सम्बन्ध सुरु भएको थियो कलेजको एउटा फेस्टिबलमा । उनी नृत्य गर्दै थिइन्, म स्टेजबाट हेर्दै थिएँ । उनको आँखामा एउटा चमक थियो, जसले मलाई तानेको थियो । हामीले कुरा गर्न थाल्यौं, घुमफिर गर्न थाल्यौं । दशैं आउँदा हामी एकअर्काका लागि सबैथोक भइसकेका थियौं । गएको वर्षको विजयादशमीमा, हामीले परिवारसँग फोनमा कुरा गरेका थियौं । मेरी आमा खुसी हुनुहुन्थ्यो, “छोरा, यो दशैंमा तिमीहरू सँगै छौ, राम्रो हो ।“ उनको परिवार पनि सहमत थियो । तर पछि के भयो र ?
दशैंपछि, जीवनले नयाँ मोड लियो। उनीलाई जागिरको अफर आयो – अमेरिकामा । “यो मेरो सपना हो,“ भनेकी थिइन् उनले । मैले रोक्न खोजें, तर उनको आँखामा देखेको उत्साहले मलाई चुप लाग्न बाध्य बनायो ।
“हामी टाढा भए पनि सम्बन्ध टुट्दैन,“ भनेकी थिइन् । तर टाढाको दूरीले हाम्रो बीचमा दरार ल्यायो । सुरुमा फोनमा कुरा हुन्थ्यो, भिडियो कलमा हाँस्थ्यौं । तर बिस्तारै, समयको कमी, कामको दबाब – सबैले हामीलाई अलग्याउन थाल्यो । एक दिन उनीले भनिन्, “मलाई समय चाहिन्छ, यो सबै सम्हाल्न गाह्रो भइरहेको छ ।“
त्यसपछि बोलचाल बन्द भयो । आज दशैंको दिन, म उनलाई मिस गर्दैछु, तर बोल्न सक्दिनँ । किन रु डर लाग्छ, उनीले अर्कै जीवन चुनेकी पो छिन् कि १
कोठाबाट बाहिर निस्कें । सडकमा दशैंको रौनक छ । मानिसहरू टीका लगाएर फर्किरहेका छन्, मासुको सुगन्ध हावामा फैलिएको छ । एउटा घरबाट भजनको धुन आइरहेको छ – “दशैं आयो, खुशी ल्यायो ।“ तर मेरो लागि यो खुशी कहाँ छ ? म पार्कतिर लागें, जहाँ हामी गएको वर्ष पिङ खेल्न गएका थियौं । त्यो पिङ अझै छ, बच्चाहरू खेलिरहेका छन् । मलाई याद आयो, उनी कसरी डराउँदै थिइन्, अनि मैले समातेर उडाएको थिएँ । “तिमीले मलाई कहिल्यै छोड्ने छैनौ है ?“ भनेकी थिइन् । आज त्यो पिङमा बसेर म सोचिरहेछु – उनले किन छोडिन् मलाई रु
केही समय त्यही बसेर घर फर्किए । तर मैले दशैंको तयारी गरेको छैन । टेबलमा एउटा सानो थाली छ, जसमा टीका र जमरा राखेको छु । आफैंलाई टीका लगाउने सोचें, तर हात उठेन । मनमा उनको तस्बिर आयो । उनी कस्ती थिइन् – सधैं हँसिली, सधैं उत्साही । दशैंमा उनले बनाएको सेलरोटीको स्वाद अझै जिब्रोमा छ । “यो मेरो स्पेशल पकवान हो,“ भनेर हाँस्दै दिन्थिन् । उनले पकाएको खाना पनि धेरै पटक खाएको छु । एक गाँसले पनि उर्जाशिल बनाउँथ्यो । उनले आफ्नै हातले खुवाउँथिन् मलाई । आज मलाई भोक लागेको छैन । केवल उनको यादले पेट भरिएको छ।
रात पर्दै गयो । फेसबुकमा साथीहरूका फोटोहरू आइरहेका छन् – परिवारसँग टीका लगाएका, यात्रा गरेका । मलाई ईष्र्या लाग्यो । किन मेरो जीवन यस्तो भयो रु उनीसँग कुरा गर्ने प्रयास गरें, मेसेज टाइप गरें – ‘ह्याप्पी दर्शै, मिस यू’ तर सेन्ड बटन थिच्न सकिनँ । डर लाग्यो, उनीले रिप्लाई नदेली कि १ यसैबीच, मेरो फोन बज्यो । आमा थिइन् । “छोरा, दशैं कस्तो छ रु टीका लगायौ रु“ मैले झुट बोलें, “हो आमा, सबै राम्रो छ ।“ तर आमा बुझ्नुहुन्छ, “केही भएको छ रु तिम्रो आवाज सुन्दा राम्रो लागेन ।“ मैले सबै कुरा भनें – उनको बारेमा, हाम्रो अलग भएको बारेमा । आमा चुप लाग्नुभयो, अनि भन्नुभयो, “दशैं भनेको मिलनको पर्व हो छोरा । यदि उनी तिम्रो लागि हो भने, फर्किन्छिन् । नत्र, जीवन अघि बढ्नु पर्छ।“
आमाको कुराले मलाई सोच्न बाध्य बनायो । दशैंको यो रातमा, म बाल्कोनीमा बसेर ताराहरू हेर्दैछु । उनी पनि कतै यस्तै सोचिरहेकी छिन् कि रु अमेरिकामा दशैं कसरी मनाउँछिन् होला रु नेपाली कम्युनिटीमा गएकी छिन् कि एक्लै छिन रु मनमा प्रश्नहरूको तुफान छ । तर एउटा कुरा निश्चित छ – उनी बिना यो दशैं खल्लो छ । चारैतिर खुशीको लहर छ, तर मेरो हृदयमा शून्यता छ ।
अर्को दिन, दशैंको दोस्रो दिन। मलाई लाग्यो, एक्लै बस्नु भन्दा बाहिर निस्कौं । म मन्दिर गएँ – देबीको । त्यहाँ पुग्दा मानिसहरूको भीड थियो । सबैले टीका लगाएका, प्रसाद बाँडिरहेका । म पनि लाइनमा उभिएँ । पुजारीले मेरो निधारमा टीका लगाइदिनुभयो, “सुख शान्ति मिलोस् ।“ तर शान्ति कसरी मिलोस रु मन्दिरबाट फर्कदा, एउटा सानो बच्चीले मलाई हेरेर हाँसी । उनको मुस्कानमा उनकै झल्को आयो । बच्चीले भनी, “अंकल, ह्याप्पी दशैं १“ मैले पनि हाँसेर भनें, “तिमीलाई पनि ।“
घर फर्कदा, मन हल्का भएको जस्तो लाग्यो । सायद दशैंको आशीर्वाद हो । मैले निर्णय गरें – उनीसँग कुरा गर्छु । फोन उठाएँ, उनको नम्बर डायल गरें । घण्टी बज्यो, तर उनले फोन उठाइनन् । मन दुख्यो, तर मेसेज पठाएँ – “दशैंको शुभकामना । मलाई तिम्रो याद आइरहेको छ । कुरा गरौं न ।“ केहीबेरपछि, रिप्लाई आयो – “एकछिन्मा कल कल गर्छु ।“ मेरो हृदय धड्कियो । सायद यो दशैंले हामीलाई फेरि जोड्छ । तर कुरा भएन । उनीले कल गरिनन् । रातभरि प्रतीक्षा गरें, तर पनि म्यासेज समेत आएन । बिहान उठ्दा, मन फेरि भारी भयो । दशैंको यो समयमा, मलाई लाग्यो – जीवन एउटा यात्रा हो, जहाँ मानिसहरू आउँछन् जान्छन् । उनी मेरो जीवनको एउटा अध्याय थिइन्, सुन्दर अध्याय । तर अब नयाँ पाना पल्टाउनु पर्छ । म साथीहरूसँग भेट्न गएँ । उनीहरूले टीका लगाइदिए, हाँसे । “साथी, दशैं हो, मजा गर,“ भने । मैले पनि प्रयास गरें ।
दशैंका दिनहरू बित्दै गए । हरेक दिन उनको यादहरुसँगै कटाए । बिस्तारै, मैले बुझ्दैछु, उनको नियतलाई । यादहरूले जीवन रोक्दैन । म काममा फर्कें, नयाँ लक्ष्य बनाएँ । उनीसँग कुरा भएन, तर मनमा शान्ति आयो । दशैंले मलाई सिकायो – प्रेम सधैं रहँदैन, तर जीवन रहन्छ ।
आज दशैंको अन्तिम दिन । म एक्लै छु, तर पहिले जस्तो खल्लो लाग्दैन । उनी बिनाको दशैंले मलाई बलियो बनायो । सायद अर्को वर्ष फेरि कसैसँग मनाउँला । तर अहिले, म आफैंसँग छु । दशैंको यो पर्वले मलाई सम्झायो – खुशी भित्रैबाट आउँछ । उनको याद अझै छ, तर अब दुख्दैन । केवल मुस्कान दिन्छ । उनले दशै निश्चय नै अरु कसैको साथमा खुसी भएर मनाइन होला । उनलाई फेरि पनि दशैको शुभकामना ।