रुकुम पश्चिममा एक सय ६० रोपनीको अफिमका बोट प्रहरीद्धारा नष्ट

दाङ, ४  बैशाख । रुकुम पश्चिममा प्रहरीले एक सय ६० रोपनी क्षेत्रफलमा लगाएको अफिमका बोटहरु नष्ट गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका – १, २,३,१२ र सानी भेरी गाउँपालिका – ६ मा अवैध रुपमा गरिएको अफिम खेती नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले एक सय ६० रोपनी जग्गामा रोपिएका अफिमका बोट प्रहरी परिचालन गरि खोजेर नष्ट गरिएको बताए । प्रहरीले चैत महिनामा जिल्लाका बिभिन्न ठाउँमा पुगेर अफिमका बोटहरु नष्ट गरेको उनले जानकारी दिए ।