विपत् पुर्वतयारीका लागि तालिम

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

विपद् पूर्वतयारी तथा बाढी पूर्वसुचना प्रणाली सबलीकरण परियोजना अन्तरगत राप्ती नदी, बबई नदी र सोतखोला जगाधारमा मौसम तथा हाइड्रोलोजी स्टेशनहरुमा कार्यरत डाटा अब्जरभर र गेज रिडरकोको सीप तथा कार्यदक्षता अभिबृद्धि तालिम शुक्रवार देखि घोराहीमा सुरु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उर्जा, जल स्रोत र सिचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभागको आयोजनामा सुरु भएको तालिम तीन दिनसम्म संचालन हुनेछ । तालिममा मौसमका मापदण्डहरु र जलवायु तत्वहरुको बारेमा जानकारी, तापक्रम, थर्मोमिटरको सेटिङ गर्ने विधि, जलमापन केन्द्र सम्बन्धी जानकारी, गेज रिडिङ गर्ने तरिका, बर्षाको किसिम, बर्षा नाप्ने उपकरण बारे जानकारी दिइने सवलीकरण परियोजनाका जिल्ला संयोजक सन्तोष ढकालले जानकारी दिए । यस्तै तालिममा तथ्याङ्क राख्ने तरिका, तापक्रम पापन, बाढी पुर्व सुचना प्रणालीको बारेमा जानकारी दिइने छ ।


तालिमामा दाङ, प्युठान र सुर्खेत गरी तीन जिल्लाका डाटा अब्जरभर र गेज रिडरहरुको सहभागिता रहेको छ । तालिमको मुख्य प्रशिक्षकहरुमा जल तथा मौषम विभाग क्षेत्रिय कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुली र मौषम विद् रामबाबु मिश्र रहेका छन् ।
तालिममा सहभागिलाई सैदान्तिकसँगै क्रियाकलापमा आधारित सिकाई सिकाईने आयोजकले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *