सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । लरेन्स बिश्नोई गिरोहको नामबाट मुम्बई ट्राफिक प्रहरीलाई धम्कीपूर्ण सन्देश आएको छ । धम्कीमा सलमान खानलाई मन्दिरमा गएर माफी माग्न वा पाँच करोड भारु दिन भनिएको छ ।

धम्कीमा अभिनेतासामु दुई विकल्प
स्रोतहरूका अनुसार मुम्बई प्रहरीलाई लरेन्स बिश्नोई गिरोहबाट सलमानलाई धम्कीपूर्ण सन्देश आएको छ । धम्कीमा अभिनेतालाई दुईवटा विकल्प दिइएको छ । जीवित रहन चाहने हो भने  उनले माफी माग्नु पर्नेछ वा ५ करोड भारु दिनु पर्नेछ । एक हप्ताभित्र सलमानलाई आएको यो दोस्रो धम्की हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ह्वाट्सएपमा आएको थियो धम्की 
प्रहरी स्रोतका अनुसार मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुमलाई लरेन्स बिश्नोई गिरोहको नामबाट सोमबार राति ह्वाट्सएपमा धम्कीपूर्ण सन्देश आएको थियो । ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा धम्की दिने व्यक्तिले आफूलाई लरेन्स बिश्नोईको भाइ दाबी गरेको छ । जीवित रहन चाहन्छन् भने सलमान खानले बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्नेछ । उनले यसो गरेनन् भने, उनलाई मारिदिने र आफ्नो गिरोह अझै सक्रिय भएको धम्कीमा भनिएको छ ।

अक्टोबर ३० मा पनि आएको थियो यस्तै धम्की 
प्रहरीले म्यासेजको अनुसन्धान गरिरहेको छ । यसअघि गत हप्ता अक्टोबर ३० मा मुम्बई ट्राफिक कन्ट्रोलमा सलमान खानको नाममा यस्तै धम्की आएको थियो । त्यतिबेला अभिनेतासँग २ करोड रुपैयाँ फिरौती मागेर नतिरे ज्यान मार्ने धम्की दिइएको थियो । यस मामिलामा मुम्बई प्रहरीले एक अज्ञात व्यक्ति विरुद्ध एफआईआर दर्ता गरेको थियो । यसपछि मुम्बई प्रहरीले मुम्बईको बान्द्रा इलाकाबाट एक व्यक्तिलाई पक्राउ पनि गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad