दाङ, १६ कार्तिक । दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । घोराहीको नँया बसपार्कमा मोटरसाइकलको ठक्कर दिंदा घोराही-१४ लोहासुर निवासी ५५ वर्षीय नन्द बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनु भएको छ ।
उहाका अनुसार नया बसपार्क स्थित कोर्चादाङ्ग होटल अगाडि डुम्मर गाउँबाट मिलनचोक तर्फ जादै गरेको लुम्बिनी प्रदेश ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घाइते घर्तीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र चेकजांच गर्दा डाक्टरले मृत घोषणा गरेका हुन । साथै दुर्घटनमा पैदल यात्री सोही ठाउँ निवासी ४५ वर्षीया मनमती नेपाली घाइते हुनु भएको छ । घाइतेको प्रतिष्ठानमा उपचार भैरहेको छ ।
प्रहरीले मोटरसाइकलसहित चालक घोराही-१०.नारायणपुर बस्ने २१ वर्षका तिलक खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।