दाङ, १६ कात्तिक । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई। अनन्तराज घिमिरेले जानकारी दिनुभयो । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नु भएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको प्लस टुलाई उच्च व्यवस्थापन र उच्च गुणस्तरका साथ संचालन गर्नुहुने छ भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गर्नुभएको छ ।
विद्यालयका अध्यक्ष ई। अनन्तराज घिमिरे , प्रधानाध्यापक डा। कृष्णराज डिसि , सेयर सदस्य तथा पुर्व शैक्षिक निर्देशक योगेश कुमार गोइत लगायतको समुहले अधिकारीलाई संयोजकमा नियुक्त गर्नुभएको हो । २०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियोे । नव नियुक्त संयोजक अधिकारीले पधभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टुलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताउनुभयो ।
साथै उँहाले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थिले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनुभयो । अधिकारी बिभिन्न विद्यालयको जिम्मेवार पदमा रहे कार्य सम्पादन गरेको अनुभव रहेको र यस भन्दा अगाडि पशुपति विद्याआश्रम नारायणपुरको विद्यालय संयोजक रहनुभएको थियो भने शैक्षिक सत्र २०८१ जेष्ठ २३ गतेबाट गुरुकुल एकेडमी प्लस टु ब्यबस्थापन संयोजकमा नियुक्त हुनुभएको थियो । गुरुकुल एकेडेमी प्लस टु मा विज्ञान तथा व्यवस्थापन संकायमाका कार्यक्रमहरु संचालनमा छन ।