भुमिसुधार दाङका प्रमुखलाई कारबाही गर्न जग्गाधनि गेहेन्द्र गिरिको माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ कार्तिक । तुलसीपुर निवासी जग्गाधनि गेहेन्द्र गिरिले मोहियानि मुद्धामा भुमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख देबि भण्डारीले अन्यायपुर्बक फैसला गरेको गुनासो गर्नुभएको छ ।

सन्चारकर्मीसंग कुराकानी गर्दै जग्गाधनि गिरीले अमानबिय, अन्यायपुर्बक फैसला गर्ने कार्यालय प्रमुख भण्डारीलाई कारबाहीको माग गर्नुभएको छ । उहाँले आफ्नो मुद्धा हेर्दै आएका अधिबक्ता भरतमणि न्यौपानेको बुवा कार्तिक १० गते बितेकाले काजकिरियामा बसेको अबस्थामा मुद्धाको पेसि सारिदिन न्यौपानेले लेखेको लिखित पत्रमा कार्यालय प्रमुख भण्डारीले तोक लगाई दर्ता गर्दा गरेर पछि बेवास्ता गरेको आरोप लगाउदै जग्गाधनिको बिना उपस्थिती कार्यालय बाहिर रेष्टुरेण्टमा बसेर फैसला लेखेको दाबि गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयमा बेन्च नबसि बाहिर बसेर जग्गा दलालीहरुको प्रलोभनमा परेर कार्यालय प्रमुख भण्डारीले फैसला गरेको जग्गाधनि गेहेन्द्रको दाबी छ । ७- ८ बर्षदेखि मोहियानी मुद्धा चलिरहेको र आफ्नो वकिलको बुवा बितेकाले पेशि सारिदिन कार्यालय प्रमुखलाइ आग्रह गरेको त्यसको बेवास्ता गरेर पेशी तोकेर अन्यायपुणर् तरिकाले गोपिलाल चौधरीको वारेश भनिने जगत चौधरीको प्रभाबमा परेर कार्यालय प्रमुखले फैसला गरेको उहाँको आरोप छ ।

तुलसिपुर बजारमा रहेको गिरिको करिब ३ बिगाहा १० कट्ठा जग्गामा मोहियानि मुद्धा भुमिसुधार कार्यालयमा मुद्धा चलिरहेको थियो । २०२७-२८ सालतिर तुलसीपुर ५ रहरपुरबाट बसाइ सराई गरि बर्दिया गएको र अड्डाले नै २०५८ साल तिर मोहियानी लगत कट्टा गरि सकेको अबस्थामा जग्गा दलालहरुले विभिन्न बहानामा बर्दिया बसाई सराइ गएका मोहियानी हक भनिएका ती ब्यक्तिको वारेस बनाई २०७३ सालमा नक्कल सार्ने नाममा चलखेल गरेको गिरिको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उच्च अदालत हुँदै भुमी सुधारमा मुद्धा चलिरहेको अबस्थामा कार्यालय प्रमुख भण्डारीले एकलौटि ढङ्गबाट जग्गा दलालको फन्दामा परेर अमानबिय ढङ्गबाट फैसला गरेर आफुलाई अन्याय गरेको गुनासो गर्नुभयो । भुमिसुधारको फैसला चित्त नबुझे ३५ दिन भित्र अदालतमा पुनराबेदन गर्न सकिने कानुनि ब्यबस्था रहेकाले भण्डारीले गरेको अन्यायपुणर् फैसलाको विरुद्धमा अदालत जाने गेहेन्द्रले बताउनुभयो ।

उच्च अदालतले सर्बोच्चको यसअघि गरेको फैसलाको नजिरलाई ध्यानमा राखेर फैसला गर्न भुमी सुधार कार्यालयको नाममा आदेश दिदा पनि कार्यालय प्रमुखले बेवास्ता गरेको पनि उहाँको दाबी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालय प्रमुख देबि भण्डारीले भने किसानको पक्षमा आफुले फैसला गरेको र चित्त नबुझे अदालत जान आग्रह गर्नुभयो । उहाँले ७-८ बर्षदेखि चलिरहेको मुद्धाको छिनोफानो गर्नुपर्ने अबस्था भएकाले अङ्ग पुर्याएर पेशी राखीएको र फैसला ठोकिएको बताउनुभयो । कसैको प्रभाबमा परेर फैसला नगरेको पनि दाबी गनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad