दाङ्ग, १० कार्तिक । नेपाल तरुण दलको ७१ औ स्थापना दिवसका अवसरमा दाङमा सहयोग कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला ईकाई समिति दाङद्वारा घोराही १६ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा सहयोग कार्यक्रम समपन्न गरिएको छ ।
नेपाल तरुण दल जिल्ला ईकाई समिति दाङका अध्यक्ष टिका घर्ति मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर कपडा तथा फलफुल वितरण गरिएको समितीका सदस्य सुरज खड्काले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तहका पार्टिका व्यक्तिहरुको सहभागिता रहेको थियो ।